दीर्घरोग नभएका रुपन्देहीका ४० वर्षीय युवाको कोरोना संक्रमणले मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो। अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि गएराती १२ः३० बजे मृत्यु भएको गौतमले जनाए।