बालुवाटारको दानापानी खाएर उपदेश दिने

सरकारको बचावटको लागि बालुवाटारको दानापानी खाएर नियुक्त महानुभाबहरुले सरकारको पक्षमा सकरात्मक बनौ भनेर जतिनै उपदेश दिएपनि सत्यको पक्षमा उभिने स्वाभिमानी नेपालीहरुले त्यो उपदेशलाई धोती लगाइदिएकाछन र लगाइदिनु पर्छ ।
सरकारी नेकपाका कुने पनि मान्छे प्रती ब्यक्तिगत आग्रह पुर्बागह केही छैन । यो सरकार र यो पार्टीको आलोचना गर्नै पर्ने कारण केहो भने यसले आफुलाई कम्युनिस्ट दावा गर्छ तर काम भने बिगतका शासकहरुले जे जे गर्थे त्यो भन्दा कुनै पनि मानेमा फरक छैन । अझ भ्रष्टाचारमा बिगतका शासकहरुलाइ नै उछिनेको छ । तितो शब्दमा भन्दा सामन्त दलाल र नोकरशाहहरुको चरित्र भन्दा कुनै मानेमा फरक छैन । सरकारि नेकपाको दस्ताबेजमा पार्टीको मार्गनिर्देशक सिध्दान्त मार्क्सबाद लेनिनबाद भन्छ । मार्क्सवादको कखरा बुजेका सबैलाई थाहाछ कि मार्क्सवाद सर्बहारा बर्ग अथवा शोषित बर्गको मुक्तिको दर्शन हो । अनि यो सरकाार र यो पार्टीको बर्ग पक्षधरता शोषक बर्गको पक्षमा छ । भन्ने एउटा गर्ने अर्को अनि सरकार प्रती सकरात्मक हुनु पर्ने रु गरिबको झुपडी सरकार जलाउछ सकरात्मक भैदिनु पर्ने ? खाडिमा नेपाली कामदार बेखर्चि भएर अलपत्र छन यता नेकपाका नेताहरु ठुलो श्रीपेज को लगाउने भनेर त्यै केटी चाहिन्छ भन्ने तरिकाले लागिरहेकाछन् । समग्रमा भन्दा यो पार्टी र यो सरकारले मार्क्सवादी दर्शनको चरम बदनाम गरिरहेकोछ र यो सरकारको बिरोध सबभन्दा बढि मार्क्सवादीहरुले नै गर्नु पर्नेछ किनकि दर्शनिक कोणबाट हेर्दा यो सत्ता यो पार्टी यो सरकार दक्षिणपन्थी हो यसले मार्क्सबादकै बदनाम गर्ने नियत राखेको छ ।बिगतमा बर्ग सङ्घर्षमा योगदान गरेका थुप्रै नेता कार्यकर्ता यो पार्टीमा छन । तर त्यो बिगत हो कम्युनिस्ट नैतिकता छोडेर दक्षिण यात्रा हिडिसकेपछि कम्युनिस्ट भन्ने नैतिकता नै हुँदैन । बिगतमा के थिए होइन निरन्तरता मुख्य कुराहो । आफ्नै सहयोध्दाहरु देङ र ल्यु साओचिलाई माओत्सेतुङले कम्युनिस्ट नैतिकता छोडेको हुनाले जेल हाल्नु भयो ।
बर्गिय समाजमा सकरात्मक मात्रै सोच कसैले भन्छभने त्यो राम्रै नियतले भनेता पनि दार्शनिक कोणबाट हेर्दा त्यो आध्यात्मिक दर्शन हो ।किनकि बर्गिय समाजमा शोषक र शोषित बर्ग हुन्छन । शोषित बर्ग शोषक बर्ग प्रती कहिल्यै सकारात्मक हुन सक्दैन । किनभने शोषक र शोषित बिपरितार्थक हुन् । शोषक बर्गलाई आराम हुन्छ भने शोषित बर्गलाई दुख्छ । जब शोषितलनई आराम हुन्छ शोषकलाई पीडा सुरु हुन्छ । कसैले स्बिकार गरे पनि नगरे पनि सत्य यहि हो । बिज्ञान नै यहि हो ।

लिला पौडेल, तीनपाटन २, सिन्धुली