जापान पठाउने भन्दै ७ लाख ठगी गरी तीनपाटनकी अनिता फरार

रोजगारीका लागि जापान पठाउने भन्दै७ लाख १६ हजार रुपैया ठगी गरी सिन्धुलीको तीनपाटन गाउँपालिको अनिता तामाङ फरार भएकी छिन ।
जापानमा रोजगारीका लागि पठाउने भन्दै रकम लिई सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टार स्थित चकमके बजारकी २५ वर्षकी अनिता तामाङले सुनकोसी गाउँपालिका ४ का सनक बहादुर वाइवा र सर्लाही जिल्ला इश्वरपुर नगरपालिका १२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा बस्दै आएका कुनसाङ दोर्जे लामा सँग भिषाको लागि भन्दै २०७४ अग्रीम पैसा लिएकी थिइन ।

तामाङले कन्सल्टेन्सीबाट आकर्षक तलवको सुविधा भएको होटलको कुक भिषामा जापान पठाइदिने र मासिक १ लाख तलब कमाई हुने र साँढे ६ लाख प्रति ब्यक्ति लाग्ने अश्वासन दिएको पिडितहरु बताउँछन । यसबापत १४ लाख ५० हजार रुपैयाँ लाग्छ भन्दै सुनकोसी गाउँपालिका ४ का सनक बहादुर वाइवा बाट पेश्की स्वरुप २ लाख नगद र १ लाख रुपैया आइएमई मार्फत तथा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका १२ घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा बस्दै आएका कुनसाङ दोर्जे लामा सँग नगद ३ लाख २३ हजार र आइएमई मार्फत १ लाख ९३ हजार गरी जम्मा ७ लाख १६ हजार रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भएकी थिइन ।

तामाङ पैसा लिएर सम्पर्क बिहिन भएपछि सनक बहादुर र कुनसाङको जानपान जाने सपनामा बिराम त लाग्यो नै साहुको ऋण काढेर दिएको पेश्की रकम पनि डुब्यो । धेरै प्रयास गर्दा पनि उनी सम्पर्कमा नआएपछि पिडीतहरुले बाध्य भएर न्यायको लागि र ठगीएको रकम उठाउनको लागि निबेदन हाले ।

ठगीएका व्यक्तिहरुले सिन्धुलीमा रहेको बैदेशिक रोजगारको लागि सुरक्षित आप्रबासन परियोजनामा ठगी रकम फिर्ता पाउँ भनि २०७६ साल असार २२ गते निवेदन दिएका थिए । पिडीतको निवेदका आधारमा प्रहरीले सर्च गरेको भएपनि उनी सिन्धुलीमा बसोबास नगर्ने र परिवारको सम्र्पकमा नभएकोे तामाङका बुबा ले जानकारीको सामी परियोजना सिन्धुलीकी परामर्शकर्ता सुस्पा भुजेलले जानकारी दिइन ।

परामर्शकर्ता भुजेलको अनुसार, सनक बहादुर वाइवा र कुनसान लामा लाई तामाङले यदी जापान पठाउ नसकेमा रकम फिर्ता दिने भनि बैकं खातामा रकम नभएको बाउन्स चेक अग्रिम दिएकी थिइन ।

जापान पठाइ दिन्छु भनेर पैसा लिएर फरार भएकी तामाङ सम्र्पकमा नआएपछि पुनः सुरक्षित आप्रबासन परियोजनाको समन्वयमा पिडितहरुले २०७७ साल साउन २१ गते जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रकम फिर्ता पाउँ भन्दै कारबाहिको लागि निवेदन दिएका छन ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत समन्वय गरि काम कारबाहिको लागि बैदेशिक रोजगार बिभाग लाई पत्रचार गरेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।