दोस्रो चरणबाटै बाहिरिइन् तेस्रो बरियताकी कारोलिना

तेस्रो बरियताकी कारोलिना प्लिस्कोभा युएस ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन्। फ्रान्सकी कारोलिन गासिर्यासँग पराजित भएर उनी बाहिरिएकी हुन् ।

विश्व बरियतामा ५० औँ स्थानमा रहेकी गार्सियाले कारोलिनालाई ६–१ र ७–६ (७–२) को सेटमा पराजित गरेकी हुन् । सन् २०१६ की उपविजेता कारोलिना यसपटक दोस्रो चरणबाटै बाहिरिएकी हुन् ।

पहिलो र दोस्रो बरियताकी एश्लिभ बार्टी र सिमोना हालेप युएस ओपनको यो संस्करणमा सहभागी भएका छैनन्, त्यही कारण कारोलिना सबैभन्दा शीर्ष बरियताकी खेलाडी हुन् ।