भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख नजिक, ६२ हजारको ज्यान गयो

कोरोना भाइरसको संक्रमणबाट भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा हालसम्म ३३ लाख ९२ हजार २९५ जनामा संक्रमण भएकोमा ६२ हजारको ज्यान गएको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६० लाख ४८ हजार ३१७ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार ८०३ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३७ लाख ६४ हजार ४९३ संक्रमित भएकोमा १ लाख १८ हजार ७२६ जनाले ज्यान गुमाएका छन्।

रसियामा ९ लाख ८० हजार ४०५ जना संक्रमित भएका छन् भने १६ हजार ९१७ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ४ लाख ५१ हजार ७९२ संक्रमित भएकोमा २८ हजार ९९६ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ३० हजार ३६८ संक्रमित भएकोमा ४१ हजार ४७७ जनाको मृत्यु भइसकेको छ।

पेरुमा संक्रमितको संख्या ६ लाख २१ हजार ९९७ छ भने २८ हजार २७७ जनाको मृत्यु भइसकेको छ।