नेकपा गाउँपालिका कमिटी र नेपाली कांग्रेसको विज्ञप्ती निहित राजनितीक उद्देश्यबाट प्रेरित: सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिकाले आज एक प्रेस विज्ञप्ती जारीगर्दै सुनकोशी नदी किनारको गिट्टी, ढुंगा र वालुवाको टेण्डर र ठेक्का संझौता प्रक्रिया विधिसम्मत भएको जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले ठेक्का प्रकरणसँग जोडिएर बाहिर भएका गतिविधी गाउँपालिकासँग सरोकारको विषयनैं नभएको उल्लेखगर्दै राजनैतिक अभिप्रायले भएका गतिविधीप्रति गाउँपालिकाको गंभीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले विज्ञप्तीमा लेखेका छन्ः ठेक्का प्रक्रिया प्रचलित नियम तथा कानून बमोजिम रहेको र गाउँपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा प्रचलित कानुन बमोजिम रहेको साथै अन्य बाहिरी गतिबिधि सँग गाउँपालिकाको कुनै पनि सम्बन्ध नरहेको बताउँदै सुन्दासले सत्तारुढ नेकपा सुनकोशी गाउँपालिका कमिटी र नेपाली कांग्रेसको विज्ञप्ती तथा कांग्रेसले गरेको प्रदर्शनलाई निहित राजनितीक उद्देश्यबाट
प्रेरित भनेका छन् ।

यस अगाडि अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तीलाई नेकपाका केही सदस्यले आधिकारिक नभएको टिप्पणी गरेका थिए । सुनकोशी गाउँ कमिटी अध्यक्ष र सचिवले हस्ताक्षर गरेर एक प्रेस विज्ञप्तीजारीगर्दै कुटपीटमा संलग्न ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटी लगायत संलग्न सबैलाई कारबाही गर्न माग गरेको थियो।
अध्यक्ष गिरी र सचिव थापाले विज्ञप्ती जारीगर्दै सुनकोशी ३ गणेशस्थान बजार स्थित श्याम जर्गा मगरको बुहारी शोभा मगरलाई घरमैं कुटपीट गर्ने नाइके बेदवहादुर बोगटी लगायत सम्पूर्ण अराजक व्यक्तिहरुलाई तुरुन्त कानूनी कारबाही गर्न माग गरेका थिए ।
उनीहरुले जारी गरेको विज्ञप्तीमा बिना आधार तथा बिना प्रमाण पार्टी गाउँ कमिटी सदस्य रोहितराज गिरी लगायत अन्यमाथि लगाइएको झुठो मुद्धा फिर्ता लिन भनिएको थियो । आर्थिक रुपमा नोक्सानी पुग्नेगरी प्रतिस्पर्धी कम्पनीहरुलाई प्रतिस्पर्धा हुनै नदिई विकास र जनभावनासमेत असर परेको आरोप लगाउँदै गाउपालिकाले आव ०७७र०७८ सुनकासी नदी किनारका गिट्टी वालुवाको ठेक्का खारेजगरी पुःन इविडिंग मार्फत गर्न अपीलसमेत गरेको थियो ।
एक करोड २० लाखको ठेक्का प्रतिस्पर्धाबिना पाउनका लागि बोगटीले २५ लाख रुपैंया बितरण गरेका थिए । अर्कातिर नेकपाकै रोहितराज गिरी लगायतले आफ्नो २५ लाख रुपैया लुटेको भन्दै ठकेदार बोगटीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्वाही गर्न मागगर्दै उजुरी दर्तासमेत गराएका थिए ।


विज्ञप्तीको पूर्ण पाठः

सुनकोशी गाउँपालिकाबाट आ.ब. २०७७/७८ को लागी सुनकोशी गाउँपालिका अन्तर्गत पर्ने सुनकोशी नदी आसपासको क्षेत्रबाट ढुंगा, गिट्टी तथा वालुवा उत्खनन्‌ , संकलन तथा निकासी कर सम्बन्धि आन्तरिक आय संकलन गर्ने कार्य सम्बन्धमा
सामाजिक संजालका साथै बिभिन्न राजनीतिक दलका बिज्ञप्ति मार्फत भएका टिका टिप्पणीको सन्दर्भमा गाउँपालिकाको ध्यानाकर्षण भएको छ | सो सन्दर्भमा देहाय बमोजिम कार्य भए गरेको व्यहोरा सबैमा जानकारीको लागी अनुरोध छ ।

० आ.व. २०७५/७६ मा सुनकोशी नदीको नदिजन्य पदार्थको निकासी कर संकलनका लागी गाउँपालिकाको कार्यालयबाट सुनकोशी नदी अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम रु. २,७५,००,०००/-(मु.अ.कर. सहित) र घ्याम्पे खोला अन्तर्गत पर्ने निकासी करको लागी न्यूनतम रु. १,२५,००,०००/-(मु.अ.कर. सहित) ठेक्का बन्दोबस्त भए आनुसार क्रमस श्री तिनपिप्ले निर्माण सेवा सँग रु. ६,१६,६८,०००/- (मु.अ.कर. बाहेक ) र श्री राजेन्द्र जोशी सप्लायर्स सँग
रु.१,६१,००,०००- (मु.अ.कर, बाहेक ) मा सम्झौता भएकोमा बिभिन्न कारणले देखाई ठेकेदार श्री तिनपिप्ले निर्माण : सेवाले उच्च अदालत, पाटनमा उजुरी दिएकोमा सो अदालतले सुनकोशी गाउँपालिकाको पक्षमा फैसला गरेको तर पुन श्री तिनपिप्ले निर्माण सेवा र राजेन्द्र जोशी सप्लायार्सले जिल्ला अदालत, सिन्धुलीमा सुनकोशी गाउँपालिका बिरुद्ध उजुरी दिएर सम्झौता अनुसारको बैंक जमानत बापतको रकम मुद्धा विचाराधीन रहेको हुँदा बुझाउन ढिलाई गरेको अवस्था छ 1 प्राप्त , भएको रकम मध्य ४०% रकम नियमानुसारः बागमती प्रदेश सरकारलाई बाडफाँड गरिएको र बाकि रकमबाट कार्यक्रम
संचालन गर्दा रकम नपुग भई गाउँपालिकाले निर्धारण गरेको योजना समेत प्रभावित भएको छ |

० आ. ब. ०७६/७७ मा निकासी कर ठेक्का लगाउने सन्दर्भमा २०७७ असार अगाबै प्रारम्भिक वाताबरणिय परिक्षण (IEE) को म्याद सकिने भएकोले पहिले [IEE]प्रक्रिया अगाडी बढाइएकोमा घ्याम्पे खोलाको IEE: प्रतिबेदन आउन बाकी रहेको र मिति २०७६/०९/२९ मा जिल्ला समन्वय समितिबाट सुनकोशी नदीको मात्र गए; स्वीकृत भएको थियो । मिति २०७६/११/१४ गते सुनकोशी नदीको निकासी ठेक्का न्यूनतम रु. ७२,५०,०००/- (मु.अ.कर, सहित ) लगाउँदा कुनै पनि फर्मले ठेक्का फारम खरिद समेत नगरेकोले स्वत ठेक्का रद्ध भएको थियो |

० बिधवब्यापी कोरोना महामारीको प्रभाबका साथै गत आ.ब. हरुका परिस्थितिहरुलाई मध्य नजर गरि गाउँपालिकाबाट ठेक्काको बन्दोबस्त गर्नुपर्ने प्राबधान बमोजिम आ. ब. २०७७/७८ का लागी सुनकोशी गाउँपालिका राजस्व परामर्श समितिले गाउँपालिकामा सिफारिस गरेको र गाउँसभाले रु.१,००,००,०००/- राजस्व प्रक्षेपण गरेको र यस गाउँपालिकाकोकार्यालयले २०७७ भाद्र देखि २०७८ असार मसान्त सम्मको लागी रु.१,२०,००,०००/- (मु.अ.कर, सहित) न्युनतम कबोल अंकहुने गरि मिति २०७७/०३/३१ मा सुनकोशी नदी आसपासको ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्‌ , संकलन तथा निकासी कर सम्बन्धि अन्तरिक आय संकलन गर्न सूचना प्रकाशित गरि दर्ता भएका बोलपत्र मध्यबाट सुनकोशी गाउँपालिकाको मुल्यांकन समितिको मिति २०७७/०४/३२ को बैठक अनुसार श्री गतिशील निर्माण सेवा प्रा. लि., हेटौंडा- ०६, मकवानपुर (प्रो. सुसान चौलागाई) ले पेस गरेको कबोल अंक रु.१,२०,५०,३२०/-(मु.अ.कर, सहित) पेस हुन अएको अन्य फर्महरु भन्दा सबैभन्दा अधिकतम रहेकोले उक्त प्रस्ताब सारभूत रुपमा प्रभावग्राही रहेको हुँदा मिति २०७७/०५/०१ मा आशयको सूचना प्रकाशन भए अनुसार बोलपत्रको आशयको म्याद भित्र कुनै पनि पक्षबाट यस कार्यालयमा उजुरी/निवेदन प्राप्त नभएको हुनाले मिति २०७७/०५/१० गते ठेक्का सम्झौता भएको छ |

० सो ठेक्का प्रक्रिया प्रचलित नियम तथा कानून बमोजिम रहेको र गाउँपालिकाबाट सम्पादन हुने सम्पूर्ण सेवा प्रचलित कानुन बमोजिम रहेको साथै अन्य बाहिरी गतिबिधि सँग गाउँपालिकाको कुनै पनि सम्बन्ध नरहेको र निहित राजनितीक उद्देश्यबाट प्रेरित कुनैपनि भ्रममा नपर्न आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदी बहिनिहरुमा जानकारीका लागी यो बिज्ञप्ति प्रकाशित गरिएको छ |