काठमाडौ: सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई प्रदान गर्दै आएको केही सेवा सुविधा खोसेको छ।
कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
कालोबजारीमा संलग्न भएको अभियोगमा कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल मंगलबार पक्राउ परेका थिए ।
त्यसपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर तत्काल लागु हुने गरी निलो नम्बर प्लेट तथा झण्डाको विशेष सुविधा अनिश्चितकालका लागि रद्द गरिएको जनाएको हो ।
अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ जारी गरी मंगलबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो ।