अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ।
७२ वर्षीय रोबर्टको स्थानीय समय अनुसार शनिबार बेलुका मृत्यु भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा उल्लेख छ।
टम्पले भनेका छन् ‘रोबर्ट मेरो भाइ मात्र थिएन, उ मेरो अनि मिल्ने साथी पनि थियो।’
ट्रम्प अपरान्ह उपचाररत भाइलाई भेट्न अस्पताल पुगेका थिए।
न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत ७२ वर्षे भाइ रोबर्ट ट्रम्पलाई भेट्न गएका राष्ट्रपति ट्रम्पले भाइलाई गाह्रो भइरहेको बताएका थिए।
तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड लगानीको व्यवस्थापन गर्दै आएका थिए।
