चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट अनुसार डा. तिवारीसहित स्त्रीरोग विशेषज्ञ एकजना, आकश्मिक कक्षमा कार्यरत एकजना र अर्का एक आवासीय डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित डाक्टरहरु अहिले आइसोलेशनमा छन्। यसअघि भरतपुर अस्पतालका अर्का एक डाक्टरमा पनि कोरोना संक्रमण भएको थियो । भरतपुरको प्रयोगशालामा शनिबार भएको परीक्षणमा कुल २८ जनामा संक्रमण देखिएको छ ।