राजधानी काठमाडौको व्यापारिक केन्द्र न्युरोड–टेकु क्षेत्र सिल गरिने

कोरोना भाइरसको संक्रमण बढेपछि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती १२ बजेदेखि यहाँका व्यापारिक केन्द्रहरु सिल गर्ने भएको हो ।

भरखरै सम्पन्न काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भइरहेको छ । स्वास्थ्य मन्त्रालयबाट औपचारिक जानकारी आउने वित्तिकै ती ठाउँहरु लक गरिने भएका छन् ।