जनकपुरधाममा सुत्केरी गराउन आएकी एक महिलाको अस्पताल र रेडक्रसको लापर्वाहीका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्।
जनकपुरधास्थित रामजानकी हस्पिटलमा महोत्तरी गौशाला नगरपालिका – ११ भरतपुरकी २२ वर्षीया गंगादेवी महतोको ज्यान गएको थियो।
अस्पताल र रेडक्रसले ब्लड ग्रुप चिन्न नसक्दा उनको अनाहकमा ज्यान गएको मृतकका आफन्तको आरोप छ । ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाएको र रगतले गलत रिएक्सन गर्दा शुक्रबार बिहान करिब साढे ९ बजे गंगादेवीको मृत्यु भएको उनिहरुको दावी छ।
मृतकका आफन्तले परिवारजनले शव उठाउन मानेका छैनन् । मृतकको शव अहिले रामजानकी हस्पिटलमै राखिएको छ । यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारजन, अस्पतालका व्यक्ति र रगतको पोका दिएका रेडक्रसका पदाधिकारीहरुसँग सोधपुछ गरिरहेको छ ।
कसको लापर्वाही ?
भरतपुर घर भएकी महिलाको सुत्केरी हुने समय नजिकिएपछि महोत्तरीकै बर्दिवास्थित स्वस्तिक अस्पतालमा अल्ट्रासाउण्ड गराउँदा चिकित्सकले बच्चाको तौल साढे ३ किलो रहेको र आमा पनि कमजोर रहेकोले शल्यक्रिया नै गर्नु पर्ने सुझाव दिएको मृतकका देवर रामहरि महतोले बताएका छन् ।