दियोमा कसैले विश्वास देख्नु दोष होइन

दियोको वैज्ञानिक विश्लेषण गर्नु आवश्यक देख्दिनँ म। यदि म डाक्टर हुँ र गाउँमा जानु छ भने म अलिअलि धामीझाँक्री र जोखानाको विद्या पनि सिकेर जान्छु। ढ्याङ्ग्रो र जोखानाले केही गर्दैन भन्ने मलाई थाहा भए पनि म ढ्याङ्ग्रो ठटाउने कामलाई निरुत्साहन गर्दिनँ।
दियोको वैज्ञानिक विश्लेषण गर्नु आवश्यक देख्दिनँ म। यदि म डाक्टर हुँ र गाउँमा जानु छ भने म अलिअलि धामीझाँक्री र जोखानाको विद्या पनि सिकेर जान्छु। ढ्याङ्ग्रो र जोखानाले केही गर्दैन भन्ने मलाई थाहा भए पनि म ढ्याङ्ग्रो ठटाउने कामलाई निरुत्साहन गर्दिनँ। हरेक संस्कारको Functional value हुन्छ। त्यसले के गर्छ, के गर्दैन भन्ने वहस वृथा हो। डुब्दै गरेकोलाई सिन्का पनि सहारा हुन्छ भने जस्तै दियोमा कसैले विश्वास देख्छन् भने त्यो उनीहरूको दोष होइन। उनीहरूले जे सिके, त्यही गरे। हामी पनि “विज्ञान” को नाममा धेरै अन्धविश्वासी छैनौँ  र ? विज्ञानको वास्तविक मर्म बुझेका कति होलान् आधुनिक शिक्षा पाएकाहरूमा पनि ?
मोदीले दियो बाल्न अनुरोध गरेको कुरामा स्वयम् मोदीले भाइरस भगाउने अन्धविश्वासलाई बढावा दिन खोजेको भन्ने बुझ्‍नु हुँदैन। यो एक प्रकारको ऐक्यबद्धता हो। एक अरब जनसंख्या भएको देशमा कतिले यो ऐक्यबद्धता जनाए, त्यो महत्वपूर्ण हुन्छ। गैर हिन्दुले पनि मोदीको यो अनुरोधमा ऐक्यबद्धता जनाए होलान् आ-आफ्नो ढङ्गबाट। त्यो जनसमुदायमा म भएको भए म पनि दियो बाल्थेँ होला। मलाई थाहा छ, दियोको उज्यालोको केही अर्थ छैन। तर त्यसले बताउने solidarity को मूल्य त हुन्छ नि। मलाई पक्का छ, हाम्रा राजनेता वा सरकारले यस्तै कुनै ऐक्यबद्धताको लागि गरेको आह्वान नेपाली जनताले मान्दैनन्। किनभने उनीहरूमा आफ्ना नेताप्रति कुनै भरोसा छैन। अँ, मोदीले गरेको आह्वानलाई शास्त्र ठानेर नेपालमा अनुकरण गर्नुको चाहिँ कुनै तुक थिएन। तर भारतबेष्ठित हुनुको सौभाग्य वा दुर्भाग्यको कारण भारतको भविष्य हाम्रो पनि भविष्य हो भनेर ठान्दा ऐक्यबद्धता जनाउँदा बिग्रीजाने त छैन। तर हामीले दियोले भाइरस भगाउने विश्वासले चाहिँ बाल्यौँ जस्तो बुझियो, जुन हास्यास्पद छ। किनभने मोदीलाई हिन्दु धर्मको धर्माधिकार ठान्यौँ हामीले।(लोहनीको यो सामाग्री हामीले सामाजिक सञ्जालबाट लिएका हौं ।)