
विदेशिनु रहर हो कि बाध्यता हो सरकार ? यो महाविपत्तिमा आफ्नो देश र घरको मायाँ जन्मिएको थात, थलो, अनि तिनै पेटभरिखान र आँँगनभरि लगाउने सपना बोकेर रोजिरोटीको निम्ति भौतारिएर गएका आफ्ना नागरिकलाई डण्डाको राहत होइन सरकार राष्ट्र प्रेमि असल नागरिक लाई स्वदेशमै रोजिरोटिको व्यबस्था गर । म कसको निम्ति जन्मिएँ ,म कसको निम्ति काम गर्दैछु ,मेरो के यो देशमा भुमिका छैन र ? जरुर म लगायत मेरो देशका कुना कन्दराका ती महान मानव हरुको पनि भुमिका छ भन्ने कुरामा कम्युनिष्ट सरकारले महसुश गर्नु पर्छ । कम्तिमा हजारौंको वलिदानवाट प्राप्त यो गणतन्त्र कसैको वपौति होइन सरकार ? सरकारमा रहनेका नातेदार मात्र अब्बल र यो देशका सच्चा नागरिक हुदैनन् त्यो कर्णाली नदि पार गर्ने युवा पनि यो देशको अब्बल नागरिक हुन सक्छ । अबसरको खोजिमा हिडेका आफ्ना सन्ततिको यादमा ती खान नपार चाउरिएका बा आमाको घाउमा मल्हम पट्टी लगाउने प्रयास त गर्नुहोस कम्युनिष्ट सरकार । गाँस, बाँस, शिक्षा, स्वास्थ्य , र कवासको ग्यारेन्टि जाबो ३ करोड नेपाली जनतालाइ गर्ने आँट त गर्नुस्, ३ करोडको श्रमलाई सरकारले सामुहिकिकरण गरोस् , म के को निम्ति काम गर्दैछु भन्दा राष्ट्रको निम्ति, मेरो श्रम देशको निम्ति, म जन्मिए देशको निम्ति, परिआए मर्छु भन्ने अनुभूति त गराउ सरकार ? सुन्दै छु जब जब महाविपत्ति आईलाग्छ हाम्रा सरकारहरु कुपोषणले सुकेका भुँडिहरु फुटुन्जेल फुलाउन थाल्छन् किन ? यहाँ सानालाई ऐन र ठुलालाई चैइन भनेझैं भएको छ । उनीहरुलाई जे गर्न नि छुट छ यो देशमा ? किन चाहियो नेतालाई ३ वटा घर, किन चाहियो जनहि तिम्रा सन्तानलाई चिल्ला गाडि , आखिर एकदिन त सबैको अन्त्य निश्चित छ र पनि किन सरकारमा रहनेहरुका सन्तान मात्र अब्बल हुदैछन् ? मेचिका रामेको छोरो महाकालका श्यामेको छोरी पनि अब्बल हुने अबसर यो सरकारकारले पहल गरोस । सबैले काम गर्ने राष्ट्रको निम्ति हो भन्ने अपनत्व जागृत गर्ने वातावरण सरकारले कायम गरोस् । इतिहासले क.केपि ओली. क.प्रचण्ड लगायत हाम्रा मौजुद नेतृत्वले यस्ता विषयलाई गंभिरतापूर्वक व्यबहारमा लागु गर्ने आँट,र साहस गरोस् । तपाईंहरु मरेर गएपनि , खड्के, र छवे, भन्ने नहोस् ३ करोड नेपालिका लागि अविभाबक बन्ने आँट गर्नुहोस् , अहिले राष्ट्रलाई राष्ट्रवादि नेताको खाँचो छ ,तपाईहरुलाई यो अबसर अएकाबेला अग्रसर भएर लाग्नुहोस्, निजि सम्पति र परिवार मोह आजैका मितिबाट त्यागेर अगाडि बढ्ने हिम्मत पैदा होस् । आखिर पैसा लुकाएर राखेर तपाईका निम्ति कदापि फाईदा हुनेछैन। सरकारको यो कदमलाई हातमा हात, काँधमा काँध मिलाउनका लागि ३ करोड नेपालीहरुको साथ नभए पनि २ तिहाई भन्दा बढिको साथ सरकारलाई रहने छ । सरकार यसरी जाने हो भने भ्रष्टाचारको खेला पनि अन्त्य होला । फेरि पनि सरकार , डण्डा होइन जनपक्षीय व्यवहार द्धारा व्यबस्थापन गर ।