युक्रेन बिरुद्धको मोर्चामा लडिरहेका डायमण्ड भन्छन् : दर्जनौं टुक्रामा विभाजित कम्युनिष्टहरुको अझैं आँखा खुल्दैन ?

रसिया-युक्रेन युद्ध मोर्चामा रसियाली सेनाको तर्फबाट युद्ध लडिरहेका डायमन्ड सिले टुक्रा टुक्रमा बिभाजित कम्युनिष्टहरु मिलेर निर्वाचन जान नसक्नु दुखदायी विषय भएको बताएका छन् । केही समय अगाडि नेपालको अहिलेको राजनीति प्रति गहिरो चिन्ता व्यक्त गर्दे नेपालका कम्युनिष्ट नेताहरुलाई यस्तो सझाव दिएका छन् । सुझाब जस्ताको तस्तै ।

नयाँ, वैकल्पिक भनिएका दल तथा ती दलमा आवद्ध पात्र हरुले पेश गरेको समानुपातिक उम्मेदवारको सुची सरसर्ती हेर्दा बित्तिकै तिनिहरुको देश वनाउने रोडम्याप कस्तो रहेछ भन्ने स्पष्ट हुन्छ ।
इतिहासको भिन्नभिन्न कालखण्डमा ठूलो संघर्ष र वलिदानवाट जन्मेका,स्थापित वनेका कांग्रेस, एमाले, माओवादीहरु त सत्ता/सरकारमा पुगेपछी विग्रिए ।
नातावाद, परिवारवाद, कमिसन, भ्रष्टाचारको आहालमा चुर्लुम्म डुवे । हिजो एक कालखण्डको योगदान एवम् विरासत लाई आजिवन लुटिखाने माध्यम वनाईरहे । यो एउटा पाटो भयो तर त्यसको विकल्पमा नयाँ भनिएका पात्र/दलहरु त झन जन्मदै देश खरानी वनाउनेहरु, विभिन्न सहकारीवाट अर्वौ हिनामिना गर्नेहरु, कुनै न कुनै आईएनजिओमा संलग्नहरु !
यिनले देश वनाउछन् भनेर कसरी पत्याउने ? पुरानाको ठाउँमा नयाँले लुटपाट मच्चाउन पाउनुलाई देश वदलियो भन्न त पक्कै सकिन्न । मुठ्ठी भर सम्भ्रान्त दलाल पुँजिपती वर्गको लागि त आज पनि देश विकसित र सम्पन्न जस्तै छ । ती मुठ्ठीभर पुँजिपती वर्गलाई दलाल पुँजीवादी संसदीय सत्ता भित्र जुनसुकै दल, पात्र आएपनी फरक पर्दैन ।
मुख्य कुरा गरिव, किसान, मजदुर पिछडिएको वर्ग, लिङ्ग, क्षेत्रको अधिकार सुनिश्चित हुन्छ कि हुँदैन भन्ने हो । मुलुकमा विद्यमान वर्गिय, जातिय, लिङ्गिय, क्षेत्रीय विभेद अन्त्य पछि मात्रै देश समान गतिले विकासको दिशामा अघि वढ्न सक्छ भन्ने कुरा पुँजिवादको गर्भवाट जन्मिएका नयाँ पात्रहरुले वुझ्न सक्ने विषय होइन ।
आज देशमा विद्यमान व्यथिति आसेपासे दलाल पुँजीवादी व्यवस्थाले सिर्जित गरेको समस्या हो । तसर्थ दलाल पँुजिवादी व्यवस्था भित्र एउटा दक्षिणपन्थी पार्टी/पात्रको विकल्प अर्को दक्षिणपन्थी दल वा पात्र हुन सक्दैन वरु दलाल पुजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था र उपयुुक्त क्रान्तिकारी नेतृत्व हुनुपर्छ ।
पछिल्लो राजनीतिक सिनारियो हेर्दा साम्राज्यवादीहरुको योजना अनुरुप राजनीतिक दृष्टिकोण विहिन यद्यपि दक्षिणपन्थी रुझानका नयाँ दल/ पात्रहरुलाई जर्वजस्त स्थापित गरेर चुनावी नाटक मञ्चन मार्फत वामपन्थीहरू किनारा लगाउने वा नामेट पार्ने डिजाइन रचिएको छ कि भन्ने आँकलन सहजै गर्न सकिन्छ ।
यसरी दक्षिणपन्थीहरुको धुव्रिकरण तिव्र भईरहँदासम्म पनि मिल्न सके ७० प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने दर्जनौं टुक्रामा विभाजित वामपन्थी /कम्युनिष्टहरुको आँखा खुल्दैन भने अरु के भन्नू र खै !
लेखकः रसियाली सेनामा संलग्न छन् । अहिले उनी युक्रेन बिरुद्धको मोर्चामा लडिरहेका छन् । यो सामाग्री हामीले उनको फेसबुकबाट लिएका हौं ।