
दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस महामारीको हालको इपिसेन्टर बनेको छ । त्यहाँ दैखिन ३० हजारको हाराहारीमा संक्रमित थपिएका छन् । यस्तै दैनिक एक हजारको हाराहारीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।
अहिलेसम्म ब्राजिलमा कोभिड–१९ बाट २८ हजार ८३४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । त्यहाँ कुल संक्रमितको संख्या चार लाख ९८ हजार भन्दा बढी रहेको छ ।
महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल चौथो स्थानमा पुगेको छ । फ्रान्समा भन्दा धेरै व्यक्तिको निधन ब्राजिलमा भएको छ । फ्रान्समा हालसम्म २८ हजार ७७७ जनाको ज्यान गएको छ ।
ब्राजिलमा शनिबार एकै दिन ३३ हजार २७४ जनामा संक्रमण पुष्टि भयो । त्यहाँ शनिबार मात्रै ९५६ जनाको ज्यान गयो ।
संक्रमितको संख्या अमेरिकापछि ब्राजिलमा सबैभन्दा धेरै छ । अमेरिकामा हालसम्म १७ लाख ७० हजार भन्दा बढी संक्रमित भएकोमा एक लाख तीन हजार भन्दा बढीको ज्यान गएको छ ।-एजेन्सी