म चाहन्थेँ, मेरो सरकारले लकडाउन अवधिभरको घरभाडा छुट गर्न घरधनीलाई प्रेरित गरोस् । त्यसका लागि बैंकहरूलाई यो अवधिको लोन किस्ता छुट गर्न कार्यक्रम ल्याओस् । स्कुलको फि तिर्नु नपरोस् । अत्यावश्यक सामाग्रीको आपूर्ति सहज बनाओस् । स्वास्थ्यसेवा चुस्त दुरुस्त राखोस् । लकडाउनका सहज विकल्पको खोजी गरोस् । जनतालाई सुरक्षाको प्रत्याभूति दिलाओस् ।
तर, बैंकबाट किस्ताको लागि हप्ताको तीनपटक फोन आउँछ । घरधनीहरू भाडा नतिरेका बहालवालालाई ताकेता गर्दैछन् । स्कुलहरू भर्ना अभियानमा मरिमेटेर जुटेका छन् । किसानका बारीमा कुहिएर जाने तरकारी जनताका भान्सामा पुगिरहेको छैन । दोहोरो अंकले अर्थतन्त्र होइन तेहेरो अंकले कोरोना संक्रमित बढिरहेका छन् । निजी अस्पताल अत्यावश्यक घडीमा बन्द गरेर सरकार अब घरैमा उपचार गराउँछु भन्दैछ । तयारीका महिनौं समय सरकार गिराउने र बचाउने खेल रोकिएको छैन । यति नै बेला फुत्त पलाएको नक्साको चुच्चो स्यालको सिङ नबनोस् । अर्थतन्त्रको दुहाई दिएर एमसीसीजस्ता घातक सम्झौता अनुमोदन नहोओस् ।
गर्नु त आखिर के नै छ र ? फेसबुकमा स्टाटस लेख्नु सम्म न हो । –छवि अनित्य









