कमलामाई २ मा निर्वाचन कार्यलयको स्थापना, बन्यो ११४ सदस्यिय निर्बाचन परिचालन कमिटी

सिन्धुली: एमाले कमलामाई २ नम्बर वडा कमिटीको सातौं पूर्ण बैठकले प्रचार प्रचार कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै निर्वाचन प्रचार कार्यालय स्थापना गरेको हो । नेकपा एमाले सिन्धुलिका सचिव नवराज थिङले आज एक कार्यक्रमका बीच वडा स्तरीय निर्वाचन कार्यलयको उदघाटन गरेका हुन् ।

वडा पार्टी कार्यालयमा भएको बैठक लाई सम्बोधन गर्दै थिङ्ले अहिलेका उम्मेदवारहरू मध्ये सबै भन्दा बौद्धिक, इम्मानंदार उम्मेदवार एमालेको मात्र रहेको बताए । उनले सिन्धुलीको आशा र भरोसाको उमेदवार मनोज जंग थापालाई विजयी गराउनका लागि पार्टी कमिटीका नेता कार्यकर्ता लाई विशेष योजनामा जोडिएर सक्रिय हुन आग्रह गरेका छन् ।

एमालेका उम्मेदवार थापा यस्ता व्यक्ति हुन् जो देशको नीति निर्माण तहमा विषेश योगदान गर्न सक्षम छन् , त्यसैले नेताहरूलाई   आफ्नो टोल टोलमा पुग्न र उम्मेदवारका पक्षमा मत माग्न  आग्रह गरे । उनले निर्वाचनमा विजय प्राप्त गर्नका लागि सबै कामहरू गर्न नेताहरुलाई सुझाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कमलामाई नगर अध्यक्ष सुन्दर घिसिङले  निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न सुझाव दिए । उनले पार्टीका नेता कार्यकर्ता लाई वडामा केन्द्रित हुन निर्देशन दिए । वडा कमिटीको बैठकले निर्वाचन प्रचार प्रसार लाई व्यवस्थित गर्दै आएकी छिन जसमा राम्रा उम्मेदवार मनोज जंग थापा लाई विजयी गराउन ११४ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको वडा कमिटि अध्यक्ष श्याम श्रेष्ठले जानकारी दिए । वडा सचिव मंगल सिंह तामाङले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता अध्यक्ष श्रेष्ठले गरेका थिए ।