एमाले कमलामाई ६ मा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

सिन्धुली: एमाले कमलामाई ६ नं वडा कमिटीको सातौं पूर्ण बैठक एबम् निर्वाचन प्रचार प्रचार कार्यालय स्थापना गरिएको छ । एमाले सल्लाहकार परिषद् सदस्य एबम् पूर्व सांसद शंकर नाथ शर्माले आज एक कार्यक्रमका बीच चुनावी प्रचार प्रचार कार्यालयको स्थापना गरेका हुन् ।

वडा पार्टी कार्लयमा भएको बैठक लाई सम्बोधन गर्दै एमाले सिन्धुलीका नेता खड्ग बहादुर खत्रीले यस क्षेत्रका एमालेका उम्मेदवार जस्तो राम्रो अन्य उम्मेदवार नरहेको बताए । उनले सिन्धुलीको आशा र भरोसाको उमेदवार मनोज जंग थापालाई जिताउनका लागि पार्टी कमिटीका नेता कार्यकर्ता लाई विशेष योजना बनाएर अगाडि बढ्न सुझाव दिए । एमालेका उम्मेदवार देशको नीति निर्माण तहमा विषेश योगदान गर्न सक्षम रहेको प्रष्ट पार्दै   आफ्नो टोल टोलमा पुग्न   आग्रह गरे ।

उनले निर्वाचनमा विजय प्राप्त गर्नका लागि सबै कामहरू गर्न नेता खत्रीले नेताहरूलाई सुझाएका थिए । कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा बोल्दै   शंकर नाथ शर्माले  निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्न सुझाव दिएका छन् । उनले पार्टीका नेता कार्यकर्ता लाई वडामा केन्द्रित हुन निर्देशन दिए । वडा कमिटीको बैठकले निर्वाचनलाई व्यवस्थित गरेर लैजान १०५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । बैठकमा जेनजी उमेर समूहका आफन्तजनका गतिविधिलाई निगरानी गर्न र चुनावी अभियानमा जोडेर लैजान वडा कमिटीका नेताहरूलाई सुझाएका थिए ।