पूर्ण बहादुर खड्काले भने-आयोगको निर्णय षड्यन्त्रपूर्ण छ, हामी मान्दैनौं

काठमाडौ: निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोग पुगेका छन्। पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाश शरण महतलगायत नेताहरू आयोग पुगेका हुन्। त्यसक्रममा सञ्चारकर्मीसँग बोल्दै खड्काले आफूहरूले आयोगको निर्णय नमान्ने बताए। उनले आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको बताए। आफूहरूले सबै किसिमको वैधानिक लडाइँ लड्ने उनले बताए।