औपचारिक रूपमा कांग्रेस दुई फ्याक

काठमाडौं: निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले अर्को दल दर्ता गर्न चाहेमा मौका दिने भएको छ । आयोगको शुक्रवार साँझको बैठकले गगन थापालाई आधिकारिक कांग्रेस सभापतिको रूपमा अद्यावधिक गर्ने निर्णय गरेको छ । यो निर्णयसँग औपचारिक रूपमा कांग्रेस दुई फ्याक भएको छ ।

आयोगले देउवा पक्षले चाहेमा दल दर्ताका लागि सीमित अवधि दिनेबारे लचिलो हुने निर्णय समेत गरेको छ । देउवा पक्षले गगन नेतृत्वको कांग्रेसमै रहन नचाहेमा दल र चुनाव चिह्न नयाँ प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ ।