बन्दसूची पेश गर्न ४६ दलले बुझाए ५० हजार धरौटी

काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।

आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् । धरौटी बुझाउने सूचीको पहिलो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने अन्तिम नम्बरमा नेशनल रिपब्लिकन पार्टी रहेको छ । यस्तै नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (एमाले) लगायतका दल रहेका छन् । बन्दसूची पेश गर्नु अघि राजनीतिक दलले ५० हजार धरौटी बुझाउनुपर्ने व्यवस्था छ ।