उत्कृष्ठ काम गर्ने स्वयमं सेविकाहरू सम्मानित

सिन्धुलीः जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले आज एक कार्यक्रमका बीच उत्कृष्ठ महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षतामा भएको एक कार्यक्रममा शुक्रवार सिन्धुलीका नौं स्थानीय तहमा उत्कृष्ठ कार्य सम्पादन गर्ने एक एक जनाहिति नौं जनालाई सम्मान गरिएको हो ।
कार्यक्रममा महिला स्वायसेविकालाई सम्मानगर्दै प्रमुख लामाले उहाँहरुले ग्रामिण क्षेत्रमा रहेर गर्नुभएको कामको खुलेर प्रशंसा गर्नुभएको थियो ।
पालिकाहरुबाट छनोट भई आएका एक दर्जन महिला स्वास्थ्य स्वमंसेविकाहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन गंगाराम कार्कीले जानकारी दिनुभयो ।