बिवादास्पद ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल ‘उज्यालो नेपाल नाम गरेको पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनु अगाडिनैं सोही नामको एक गैर सरकारी संस्था दर्ता भएको तथ्य बाहिर आएको छ ।
सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपाल विद्युत प्राधिकरका कर्मचारी रहेका कुलमान गुमनाम भएकै बेला जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा २०५८ साल असोज २८ गते उज्यालो नेपाल नामक गैर सरकारी संस्था दर्ता भएको तथ्य खुलेको छ ।
प्राप्त बिबरण अनुसार सो २०६१ साल पुसमा सो संस्था समाजकल्याण परिषदमा आवद्ध रहेको र अहिलेसम्म नबिकरण भएर कानूनी हैसियत प्राप्त गरिरहेको छ । नेपाली कांग्रेस सिन्धुलीका युवा नेता उत्पल खड्का संस्थापक अध्यक्ष रहेपनि अहिले उनी अमेरिका भार्सिका छन् । हाल अध्यक्ष धुर्व बस्नेत रहेको अभिलेखबाट देखिएको छ ।
विद्युत प्राधिकरणमा उज्यालो नेपाल अभियानका नाममा अकुत कमाएका भनिएका कुलमानको पार्टी दर्ता गर्ने निर्वाचन आयोगको कानून बलियो कि जिल्ला प्रशासन कार्यालयको संस्था दर्ता कानून बलियो ? अहिले यो प्रश्न गंभीर रुपमा उठेको छ । यता अध्यक्ष बस्नेतले भने आफ्नो संस्थाको नाममा पार्टी दर्ता गरेर मानमर्दन गरेको र त्यसका बिरुद्ध कानूनी लडाईमा जाने बताएका छन् ।
यता कुलमानको पार्टीको केन्द्रीय सदस्यको सूचीमा समावेश भएकी सेलो गायिका तुलसा वाइबालाई यस विषयमा सोध्न खोज्दा सम्पर्क हुन सकेन । सिन्धुलीको भद्रकालीमा जन्मेकी तुलसा वाइबा भद्रकाली उच्च माविबाट एसएलसी पूरा गरेपछि राजधानी काठमाडौं छिरेर लामो समय एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय रहेको हिस्ट्री फेला परेको छ । उनी २०७३ मा नेपाल सरकारको राष्ट्रिय युवा परिषदको सदस्यसमेत बनिसकेकी थिइन् ।
उनी २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उम्मेदवारसमेत बन्न भ्याएकी थिइन् ।










