चाडपर्वमा यातायात सञ्चालनमा कुनै समस्या छैन: पुरूषोत्तम शर्मा- सुनौलो बिपि यातायात

नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने बताउनु हुने पुरूषोत्तम शर्मा सिन्धुलीका यातायात व्यवसायीहरुको दिल र दिमागमा बसिरहने नाम हो । सुनौलो बिपी यातायात व्ययवसायी संघमा आबद्ध भएका हुन् वा चिनजानका साथीभाई दुर्घटना परे भन्ने जानकारी पाउनासाथ सहयोग गर्न घटना स्थल वा अस्पतालमा उनी पुगिहाल्छन् । यातायात व्यवसायीको दुःखका सारथीका रुपमा सिन्धुलीमा चिनिएका उनी प्रहरी प्रशासन, छलफल, क्षतिपूर्ति र बिमा कम्पनीसँग दाबी रकम भुक्तानीका लागि दबाब दिन सक्रिय रहन्छन् । पछिल्लो समय यातायात व्याबसायीहरुले भोग्दै आएका समस्या, त्यहाँ कार्यरत मजदुरहरुको अधिकार रक्षाका विषयमा केन्द्रीत रहेर पवन राउतले गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।–
दशैं, तिहार र छठ पर्व आउँदैछ । चाडवाडको समयमा यातायात सञ्चालनमा कुनै समस्या छ कि छैन ?
कोडिभबाट थलिएका सिन्धुलीका यातायात व्यवसायीहरुले पछिल्लो समय केही राहत महशुस गरेका थिए । अघिल्लो वर्ष पनि बिनासकारी वाढी र पहिरोका कारणले ठूलो क्षति व्यहोर्नु पर्‍यो । थुप्रै व्यवसायी साथीहरु पलायन भए । केही दिन अगाडि जेनजीका नाममा भएको आगजनी तोडफोड र लुटपाटको घटनासँगै भएको क्षतिले सिंगो देश आक्रान्त छ । यातायात व्यवसयीहरु पनि त्यो त्रास र क्षतिबाट प्रताडिन बनिरहेका छन् तर पनि चाडवाडको समयमा जिल्लाभर यातायात व्यवस्थालाई सहज बनाउन क्रियाशिल भइरहेका छन् । दशै तिहार, छठ लगायतको चाडबाडमा यातायात व्यवस्थालाई सहज बनाउन हामीले प्रहरीसँग समन्वय गरेर निर्वाध रुपमा सञ्चालन गर्ने तयारी गरेका छौं ।
सिन्धुलीका यातायात व्यवसायीहरूको अहिलेको अबस्था कस्तो छ ?
यातायात व्यवसाय क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा राज्यको पोलेसीनैं राम्रो देखिंदैन । विकसित मूलुकहरुमा सवारी दुर्घटना भयो भने राज्यलेनैं सबै व्यवस्था गरेको हुन्छ । हाम्रोमा भने बिमा गरिएको हुन्छ । बिमा पोलेसीमा घाइतेको ३ लाख र मृतकको ५ लाखसम्म तिरेको हुन्छ । अहिले बिमाले व्यवस्था गरेको तीन लाख रकमले बिरामी वा घाइतेको उपचारका लागि पुग्दैन । हाम्रा अनुभवहरुले के देखायो भने सरकारी पोलेसीकै कारण यातायात व्यवसायीहरु बिरामीको उपचार खर्च तिर्न नसकेर, बिमाले पर्याप्त रकम नदिएर सवारी साधन र घरवारनैं छोडेर हिंड्नु पर्ने, व्यवसायबाटै पलायन हुनुपर्ने र विदेश जानुपर्ने अबस्था आइरहेको छ ।
यातायात व्यवसायीलाई टिकाइराख्न राज्यले सकारात्मक भूमिकानैं निर्वाह गरेन भन्ने गरिन्छ के हो वास्तबिकता ?
कुरा सत्य हो । यातायात व्यवसायी र सरकार सँधै सत्ता पक्ष र प्रतिपक्ष जस्तो भूमिकामा देखिने गर्छ । पहिलो कुरा त बिमा पोलेसीनैं यातायात व्यवसायी र मजदुर मैत्री भएन । त्यसलाई पुर्नबिचार गर्नुपर्छ । प्रिमियम बढाएर मृतक तथा घाइतेलाई उपचारमा थप रकम दिन सकियो भने व्यवसायीहरु सवारी साधन र घरखेतनैं छोडेर भाग्नु पर्ने अबस्था आउँदैन । अर्कोकुरा अहिले रातो प्लेट र कालो प्लेटका नाममा विभाजित बनेको हाम्रो यातायात वर्गिकरणले भाडाको सवारी साधान र निजी सवारी साधन भन्ने छुट्याउँछ । अहिले समस्या कहाँनेर देखियो भने रातो प्लेटका निजी सवारी साधानले भाडामा यात्रुहरु बोक्ने कामहरु गर्न थाले । कानूनमा स्पष्ट व्यवस्था छ, तर त्यसलाई कडाइका साथ कार्यान्वयन गराउने सन्दर्भमा केही जटिलताहरु देखिए । भाडाको गाडी सरह भाडा लिने र रिर्जव जाने बढ्दो प्रवृत्तिले सिन्धुलीका यातायात व्यवसायीहरुलाई मर्कामा पारेको अबस्था विद्यमान छ । यस्ता कुरालाई स्थानीय प्रशासनले कडाईका साथ लागु गरिदिने हो भने समस्या समाधान भइहाल्छ । तर सिन्धुलीमा रातो प्ेलटवाला गाडीले क्षमता भन्दा बढी मानिस वोक्ने, सामाडको ओभर लोडले दुर्घटना भएर नागरिकहरुले अकालमा ज्यान गुमाएका घटनाहरु ताजै छन् । त्यसैले जुन प्रयोजनका लागि त्यस्ता गाडीहरु ल्याइएको हो, त्यसैमा प्रयोग गरिदिने हो भने नागरिक मर्ने क्रम रोकिने थियो । त्यसका निम्ती प्रशासनले ध्यान दिनुपर्छ ।
अब यो बताइदिनुस् कि वारम्वार कालो र रातो प्लेटका सवारी साधनले मान्छे बोकेको कुरा चर्चामा आइरहन्छ ? यस्तो अबस्था आउनमा जिम्मेवार स्थानीय प्रशासन हो कि स्वायं व्यवसायी ?
सम्पूर्ण सिन्धुलीवासीहरु जो नियमित रुपमा सार्वजनिक यातायातका सवारीहरु प्रयोग गरिरहनु भएको छ, उहाँहरुले यातायात व्यवासायीका पीर मर्का थाहा पाउनु भएको छ । कालो प्लेटका सवारी साधनले बोक्नुपर्ने यात्रुहरु बोलेरोले बोकीरहेको छ । तीन जनाको सिट संख्या रहेको बोलेरोमा १२–१५ जना मान्छे बोक्ने काम रोकिएन । गृह मन्त्रालयले स्पष्ट रुपमा परिपत्र गरेको छ । रातो प्लेटका बोलेर र साना गाडी भाडाको प्रयोजनमा लगाउन पाइंदैन भन्ने कुरा प्रष्ट छ । तर यती हुँदाहुँदै पनि स्थानीय प्रशासनको कमजोरीका कारण रातो प्लेटका गाडीहरुले यात्रु ओसार पसार गरिरहेका छन् । यसमा हाम्रो तर्फबाट पनि दबाब नपुगेको हुनसक्छ । सत्य कुरा भन्नै पर्छ, गृहमन्त्रालयको परिपत्र र कानूनलाई कार्यान्वयन गर्ने काम स्थानीय प्रशासनकै हो । यदाकदा राजनैतिक दलका नाममा प्रहरी र प्रशासनलाई दबाब दिने काम भएको भन्ने पनि हामीले सुनेका छौं । सिन्धुलीमा यस्तो समस्या बढ्नुमा राजनैतिक दलका केही नेता जिम्मेवार छन् ।
यातायात व्यवसायी र संघका बीचमा कहिलेकाँही मनमुटाव हुने, समस्या परेका बेला हेर्दैन ? भन्ने कुरा बाहिर आउने गर्छ, वास्तकिता भने के हो ?
कतिपय अबस्थामा तपाईले भनेजस्तै भएको हुनसक्छ । विषेशगरी सवारी दुर्घनमा हुने, जनधनको क्षतिका सन्दर्भमा कानूनी प्रक्रिया अबलम्मन गर्नुको साटो ‘तपाईहरु बाहिर मिल्नुस्‌“ भन्ने संस्थागत संस्कारले समस्या ल्याउने गरेको छ । यहाँ त कुनै यात्रुको मृत्यु भएमा कानूनले ५ लाख दिने भन्छ, तर मिल्नुस् भन्ने कुराले १० लाख र १५ लाखको बार्गेनिङ गर्ने गराउने प्रवृत्तिले जटिलता पैदा गराएको छ । त्यतिधेरै रकम व्यवसायीहरुले तिर्न सक्ने अबस्थानैं छैन ।
यातायात व्यवसायी प्रहरीका बीचमा बेला बेला टकराब हुने गर्छ, त्यसको खास कारण के हो ? किन त्यस्तो हुनेगर्छ ?
बाहिर मानिसहरुले यातायात व्यवसायी र प्रहरीको मिलेमतो हुन्छ भन्ने कुरा गर्छन् । अनि प्रहरी र यातायात व्यवसायीका बीचमा दुर्घटना न्यूनिकरण गराउने सन्दर्भमा केही असमझदारी हुने गर्छ । हामी यातायात व्यवसायीहरु पनि सिस्टममा चल्ने हो भने कुनै समस्या आउँदैन आउँदैन नि ? वाहिर जे जस्तो प्रचारवाजी गरिएपनि सिन्धुली प्रहरी यातायात व्यवसायीको सहयोगी बनिरहेको छ । ट्राफिक प्रहरीकै सक्रियताका कारण र्दुटनामा न्यूनिकरण भएको छ । तर पर्याप्त जनशक्ति नहुँदा केही समस्याहरु भएका छन् । दुई संस्थाका बीचमा आन्तरिक मनमुटाब छैन ।
अब यो बताईदिनुस् कि तपाई यातायात व्यवसायीहरू प्रहरी प्रशासनलाई मासिक रूपमा रकम बुझाउने गर्नु हुन्छ होइन ? तपाइहरू किन त्यस्तो गर्नुहुन्छ ?
हामीहरु कालो प्लेटका सार्वजनिक यातायातका सवारी सञ्चालकहरु भएकाले तपाईले भनेजस्तो प्रहरी प्रशासनलाई कहिल्यै पनि रकम बुझाउने काम गरेका छैनौं । किनकी हामीले गैरकानूनी कामर्नै गर्दैनौं । जस्ले गैरकानूनी काम गर्दैन, त्यस्तो संघ संस्था वा यातायात व्यवासयीले पैसा बुझाउँछन् भन्ने कुराको कल्पना पनि गर्न सकिन्न । अन्य रातो प्लेटका सवारी साधान र अटो व्यवसायीहरुको सन्दर्भमा हामीलाई केही जानकारी पनि छैन । विगतमा भए गरेका केही एकाध घटनालाई लिएर अहिले पनि त्यस्तै काम हुन्छ भनेर यदी कसैले यातायात व्यवसायी र प्रहरी प्रशासनलाई बढ्नाम गराउने प्रयास गरेको हुनसक्छ ।
हामीसँग पनि केही अटो व्यवसायीहरु आवद्ध हुनुहुन्छ । हामीसँग आवद्ध भएकाहरु कानूनी रुपमा बलिया छन् । सिन्धुली सदरमुकाममा ५ सय भन्दा बढी अटो अहिले चलिरहेको छ । केही अटो चालकहरुको लाइसेन्स छैन । अनि कानूनले निर्दिष्ट गरेको ठाउँमा भन्दा अन्यत्र सञ्चालन गरेर समस्या निम्त्याइरहेको छ । त्यसलाई प्रहरीले कडाईका साथ कार्यान्वयन गर्न आवश्यक छ ।