दुधौलीमा एमालेको दिप प्रज्वलन

सिन्धुली: नेकपा एमाले दुधौली नगरपालिका कमिटीको आयोजनामा आज साँझ दिप प्रज्वल गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिंज्य तथा भूमि प्रशासन मन्त्री सुकुमायाँ तामाङ सहभागि हुनुहुन्थ्यो ।
दुधौली नगरकमिटी उपाध्यक्ष रामवरण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको दिप प्रज्वलन कार्याक्रममा मानवअधिकार एलायन्स, अनेमसंघ, अनेरास्ववियुलगायतका जनसंगठनहरुको संलग्नता रहेको थियो ।
पार्टी सचिव रमेश कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा एमाले नेताहरु डम्बर कार्की, लक्ष्मण कार्कीलगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।