सिन्धुली/प्रहरीले राजमार्ग चेकजाँचका क्रममा गएराती एक क्न्टिल गाँजा बरामद गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार मकवानपुरको कुलेखानीबाट ल्याइएको भनिएको उक्त गाँजा बोकेको प्रदेश २–०३–००१ च ५६७१ नम्बरको बोलेरो र चालक वर्ष १९ का गोपाल साहलाई हरिहपुरगढीको झनझनेबाट नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाइएको छ । सिन्धुली प्रहरीले केही समय अगाडि उक्त गाँजा र चालकको तस्विर सार्वजनिक गरेको छ ।