सिन्धुली: नेकपा माओवादी केन्द्र सिन्धुलीले आज एक कार्यक्रमका १८ औं गणतन्त्र दिवशको अबसरमा दिप प्रज्वलन गरेको छ ।
पार्टीका केन्द्रीय सचिव गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथि श्रेष्ठले माओवादी धारका सबै पार्टीहरु समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले माओवादी लिगेसीमा रहेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा गोलबन्द हुन र समाजवादी क्रान्ति सफल बनाउन अहिलेको आवश्यक्ता रहेको बताउँदै आफूले सो कुरालाई आत्मसात गरेको पार्टी कार्यालयमा उपस्थित नेता कार्यकर्ताहरुलाई बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बसन्त माझी, नेताहरु पानीराज बम्जन, बिनोद बिक, दिर्घराज श्रेष्ठ, सुरथ वहादुर स्यांतान, यमकुमार देवकोटा, दिपेश थापा, लोकेन्द्र कार्कीलगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।