चीन र क्यानाडा मिलेर कोभिड–१९को भ्याक्सिन बनाउँदै

क्यानाडाको राष्ट्रिय अनुसन्धान परिषदले चीनको बायोटेक्निक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरूद्धको सर्वाधिक उन्नत भ्याक्सिन मध्येको एक बनाउन लागेको छ ।

‘एडीफाइभएनकोभ’ नाम दिइएको यो भ्याक्सिन असरदार सावित हुने विश्वास गरिएको छ ।चीनको कानसाइनो बायोलजिक कम्पनीले  बेइजिङ इन्स्टिच्युटसँग मिलेर यो भ्याक्सिन बनाउन लगोको हो ।

चीनको सैनिक चिकित्सा विज्ञान प्रतिष्ठानको एक भागको रूपमा रहेको बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नलजिले मध्य मार्चतिर चीनमा पहिलो चरणको क्लिनिकल ट्रायल गरिसकेको छ ।यस्तो परीक्षण क्यानाडामा पनि गरिने अपेक्षा गरिएको छ ।

क्यानाडा सरकारको अगुवा स्वास्थ्य अनुसन्धान प्रतिष्ठानको रूपमा राष्ट्रिय अनुसन्धान परिषद् रहेको छ । क्यानाडाको यो परिषदले कानसाइनो कम्पनीसँग मिलेर सम्भावित भ्याक्सिन बनाउने काममा सहयोग गर्ने घोषणा गरेको हो । दोस्रो चरणको परीक्षणमा प्रवेश गर्न लागेको यो पहिलो परीक्षण हुने छ ।

भ्याक्सिन बनाउने विभिन्न समूहमा चीन र क्यानाडाको यो समूह अग्रपंक्तिमा रहेको राष्ट्रिय अनुसन्धान परिषदका उपाध्यक्ष रोनमन जुम्स्कीले बताए ।

यो भ्याक्सिनको प्रोपर्टी राइट चीनसँग रहने भएपनि यसको उत्पादन क्यानाडाले घरेलु प्रयोजनका लागि र्न सक्ने छ ।

कहिले देखि यसको उत्पादन हुने त्यसबारे स्पस्ट भइ नसकेको भएपनि गत मार्चको अन्त्य तिर क्यानाडा सरकारले राष्ट्रिय अनुसन्धान परिषद्को भ्याक्सिन विकासका लागि ४ करोड ४०लाख अमेरिकी डलर बिनियोजन गरेको जनाएको थियो ।

भाइरसबाट ७१ हजार बढी संक्रमित भएको र भाइरसबाट ५ हजार बढीको मृत्यु क्यानाडामा भइसकेको छ ।