
मेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्डरू क्युमोले न्यूयोर्कमा आएको कोरोनाभाइरस चीनबाट नभएर युरोपबाट सरेको बताएका छन् ।
यो जानकारी दिने बेला गर्भनर क्युमोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पंक्तिमा खडा हुन पुगेका हुन् ।
न्यूयोर्कको भाइरसलाई उनले ‘युरोपियन भाइरस’ भने । यसअघि अमेरिकी राष्ट्रपतिले ‘चिनियाँ भाइरस’ भनेर टिप्पणी गरेका थिए ।
भाइरस कुनै सीमालाई नमान्ने भएकाले यसलाई कुनै क्षेत्र विशेषसँग जोडेर भन्न नहुने भनाइका आधारमा क्युमो राष्ट्रपतिको नश्लवादी सोच राख्ने पंक्तिमा पुगेका हुन् ।
पत्रकार सम्मेलनमा जानकारी दिँदै क्युमोले युरोपियन भाइरस युरोपबाट जनवरीमा आएको बताए ।
न्यूयोर्कमा कोरोनाभाइरस चीनबाट सीधा नआएको बताउँदै उनले भने “सबै सुविधा यहाँ छन् , सार्वजनिक स्वास्थ्य संगठन यहाँ छन् ,सबै नियोगहरू यहाँ छन् र यहाँ युरोपबाट भाइरस आइरहेको कसैलाई थाहा भएन ।”
उनले संघीय सरकार र अमेरिकी गुप्तचरसंस्थाप्रति आरोप लगाउँदै यस्तो भने । अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित र मर्नेहरूको एक चौथाइ जति न्यूयोर्कमै रहेको देखिएको छ ।