सिन्धुली जिल्लामैं हामीले गुणस्तरिय प्राविधिक शिक्षा दिएका छौं प्राचार्यः अम्बरदिप देवकोटा, सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट

सिन्धुली जिल्लामा प्राविधिक शिक्षालयको आवश्यकता लाई महशुस गर्दै २०७१ सालमा स्थानिय निकाय (तत्कालिन जिल्ला विकास समिति र कमलामाई नगरपालिका), प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद (सिटिइभिटि) र सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट बिच त्रिपक्षिय सम्झौता भइ सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटको स्थापना भएको हो ।
सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट विशुद्ध गैर–नाफामुलक समुदाय स्तरमा सञ्चालित संस्था हो । सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटले जिल्लामा गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्न थालेको १० वर्ष बितेको छ ।

No photo description available.

सिन्धुली जिल्लामा शिक्षासेवीका रुपमा चिनिएका देवकोटाको अगुवाईमा सञ्चालनमा आएको सामुदायिक टेक्निकल इन्स्टिच्युटले आफ्नो जिल्लामा मात्र नभई छिमेकी जिल्लामा पनि राम्रो प्रभाव पारिरहेको परिक्षाको नतिजाले देखाइरहेको छ ।
यस इन्स्टिच्युटको अध्यक्षमा काठमाडौं विश्व विद्यालयका पुर्व–उपकुलपति समेत रहेका प्रा. डा. सुरेशराज शर्मा रहेका छन् । शर्मा
लामो समय सिन्धुलीको शैक्षिक विकासमा योगदान गरेका देवकोटा भनछन्ः हामीले २०७१ सालमा सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट स्थापना गरेर सिन्धुलीमा व्यवसायिक प्राविधिक शिक्षा दिन थालेपछि त्यसले सकारात्मक परिणामहरु देखिन थालेको छ ।
इन्स्टिच्युटमा ३ वर्षे डिप्लोमा तह पशु विज्ञान र सिभिल इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीहरु सिन्धुली लगायत अन्य जिल्लाको श्रम बजारमा बिकिरहेका छन् ।
उनीहरुले रोजगारी पाएका छन् साथै लोकसेवा लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सघं सस्थाहरुमा पनि हाम्रा विद्यार्थिहरु अब्बल साबित भएका छन् ।
यसै गरि स्व–रोजगारको क्षेत्रमा पनि अगाडि बढि रहेका छन् । यस अर्थमा हामी बजारमा बिक्ने र टिक्ने क्षमता भएका सिपयुक्त सक्षम प्राविधिक जनशक्ति उत्पादन भएकोमा हर्षित पनि भएका छौं, देवकोटाले सन्देश जनप्रियसँग भने । साथै न्यून शुल्कमा गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्नु नै हाम्रो उदेश्य रहेको छ ।
सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटमा ३ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र ३ वर्षे एग्रिकल्चर एनिमल साइन्समा विगतमा भर्ना भएका विद्यार्थीहरुलेनैं राम्रो पठन पाठन हुन्छ, पढ्ने वातावण राम्रो छ, दक्ष विषयगत शिक्षकहरु छन् भन्ने गरेका छन् । त्योनैं हाम्रो सम्पति हो । हामी गुणस्तरिय शिक्षाका लागि कुनै पनि संझौता गर्दैनौं देवकोटाले भनेका थिए ।
पाठयक्रमले तोके बमोजिम सम्पुर्ण प्रयोगशालाहरु, वर्कशपहरु तथा आफ्नै कम्पाउण्ड हातामा भेटेरिनरि फारम पनि सञ्चालन गरेका छौं । हाम्रो भेटेरिनरि फारममा कुखुरा पालन, बङगुर पालन, गाई पालन तथा माछा पोखरी सञ्चालनमा छ देवकोटाले भनेकाछन् ।
हामि सैद्धान्तिक शिक्षा भन्दा पनि प्रयोगात्मक तथा व्यबहारिक कुशलसिप सिकाउनमा जोड दिन्छौ जसले गर्दा हाम्रा विद्यार्थिहरु सजिलै श्रम बजारमा बिक्न सक्षम भएका छन् देवकोटाले अगाडि भने ।
इन्स्टिच्युटको अर्को सबल पक्ष भनेको पढ्दै कमाउँदै कार्यक्रम पनि हो । जहाँ विद्यार्थीहरुले कुखुरा पालनबाट आएको नाफाको ७५ प्रतिशत रकम पाउँछन् । यो कार्यक्रमले कार्यक्रम आगामि शैक्षिक शत्रबाट बङगुरपालन तथा माछापालन साथै सिभिल इन्जिनियरिङ कार्यक्रममा पनि बिस्तार गर्ने लक्ष लिएको देवकोटाले बताए ।
यसै गरि सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटमा २०७८ सालदेखी काठमाडौं युनिभर्सिटीको सहकार्यमा व्याच्लर इन टेक्निकल एजुकेशन (बि.टेक.एड) सिभिल इन्जिनियरिङ र आई. टि. का कक्षाहरु सञ्चालन भइरहेको छ । अहिले केयुको सम्बन्धनमा सञ्चालित कक्षाहरुमा विद्यार्थीको अभाव नरहेको प्राचार्य देवकोटाको भनाई थियो ।
पछिल्लो समय सिन्धुली जिल्लामा विद्यार्थीहरुलाई व्यवहारिक जिवन उपयोगी शिक्षा दिनुपर्छ भन्ने सबै विद्यालयका सञ्चालक र प्रधनाध्यापकमा चेतना अभिवृद्धि भएकोमा खुशी व्यक्तगर्दै उनले सिन्धुली जिल्लानैं प्राविधिक शिक्षाको हबका रुपमा विकास भएको बताए ।
पहिला टेक्निकल विषय पढ्न महंगो शुल्क तिरेर राजधानी काठमाडौ र अन्यत्र जानु पर्ने अबस्था थियो, लाखौं रुपैयाँ खर्च पनि हुन्थ्यो, तर अहिले घरकै भात खाएर ति विषयहरु पढ्न पाइने भएको त्यो सिन्धुली वासिका लागि गर्वको विषय हो, उनले भने ।
तर पछिल्लो समय विद्यार्थीकै अभाव हुनेगरी जथाभावी सम्बन्धन दिंदा गुणस्तरिय पठन पाठनमा समस्या सिर्जना हुने अबस्था देखिन थालेको उनको भनाई थियो ।
अहिले प्राविधिक विषय पठन पाठन गराउने होडवाजीनैं चल्न थालेको जस्तो देखिएको छ, त्यो राम्रो पक्ष हो, तर त्यो प्रतिस्पर्धा गुणस्तरिय शिक्षा प्रदान गर्नेमा हुनुपर्ने उनको सुझाव थियो । आजको सन्देश जनप्रिय साप्ताहिकले यो समाचार प्रकाशन गरेको छ ।

May be an image of text that says 'टेक्निक 木 माई-6 CTEVT बाट साझेदारीमा सत्चालित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टच्युट कमलामाई न.पा. ६, नुनथला, सिन्धुली भर्ना खुल्यो कार्यक्रमहरु: डिप्लोमा तह:- सिभिल इन्जिनियरिड कृषि पशुविज्ञान छात्रवृत्तिको व्यबस्था आवेदन फारम भर्ने अन्तिम मिति: २०८०-०४-१२ प्रवेश परिक्षा मिति: २०८०-०४ बिहान बजे न्युनतम शैक्षिक योग्यता: SEE मा न्युनतम १.६ GPA 9844082555, 9854041424, 9844040818 www.scti.edu.np scti.sindhuli@gmail.com न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा- SCTI Sindhuli'
May be an image of text that says 'Admission Open! Κ 201E Kathmandu University Bachelor of Techenical Education B.Tech Ed.) nformation Technology (IT) MAJOR HIGHLIGHTS: 4 Year's (8 Semester) Program Work-Based Learning Opportunities/ Carrer Prospects. Projects & Field Based Learning Sindhuli Community Technical Institute A Minimum 10+2 or Equivalent degree Kamalamai-ó. Nunthala, Sindhuli with CGPA or More or average 40% in any discipline, 9844082555 Hurry up !! 9844040818 Limited Seats & Scholarship Available 9849835043'