कम शुल्कमा राजधानी काठमाडौंकै जस्तो गुणस्तरिय शिक्षा दिने उदेश्य राखेर स्थापना गरिएको सिद्धबाबा प्लस टू म्यानेजमेण्टले आफ्नो लक्ष्य अनुसारको प्रगति गरेको बताइएको छ ।
एकेडेमिक कोअर्डिनेटर राहुल सिंहका अनुसार कलेज सञ्चालनको पहिलो वर्षमा लिएको लक्ष्य अनुसारनैं शैक्षिक कार्यक्रम अगाडि बढेको र विभिन्न औद्योगिक प्रतिष्ठानहरुको पनि विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएर क्षमता विकास गराएको थियो ।
गुणस्तरिया शिक्षा हाम्रो प्रतिवद्धता भन्ने उद्घोषसहित पठन पाठन प्रारंभ गरेको कलेज विद्यार्थीहरुको क्षमता विकासका लागि नियमित रुपमा औद्योगिक प्रतिष्ठानको अबलोकन भ्रमणमा लैजाने र सेमिनारको आयोजना गर्ने सिन्धुली जिल्लाकै पहिलो शैक्षिक प्रतिष्ठान मानिएको छ ।
तत्कालिन कमलामाई नगरपालिकाकाका नगप्रमुख खड्गवहादुर खत्री अध्यक्ष रहेको यस शैक्षिक प्रतिष्ठानमा सिन्धुली जिल्लामा गुणस्तरिय अध्यापन गराउने भनेर नाम कहलिएका प्राध्यापक एवम् शिक्षकहरुले विद्यार्थीलाई व्यवहारिक ज्ञान सहितको शिक्षा प्रदान गरिरहेको देखिएको छ ।
सिद्धबाबा प्लस म्यानेजमेण्टले यसै शैक्षिक सत्रमा पनि कक्षा ११ मा नयाँ भर्नाका लागि सूचना जारी गरेको छ । अत्याधिक गर्मीको समयमा पनि विद्यार्थीको पठन पाठनमा कुनै प्रभाव नपरोस् भन्ने उदेश्यले प्रत्येक कक्षा कोठामा एसि राखिएको छ ।
त्यसैगरी अत्याधुनिक सुविधासम्पन्न कक्षा कोठा र प्रविधिसहितको गुणस्तरिय पठन पाठन गराउँदै आएको कलेज व्यवस्थापनले विभिन्न अतिथी प्राध्यापकहरुलाई वोलाएर विद्यार्थीहरुलाई मोटिभेसन कक्षाहरुसमेत दिइने गरिएको सिंहले जानकारी दिए ।
अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुने कलेजमा विद्यार्थीहरुका लागि स्कलरशिपको व्यवस्था पनि गरिएको सिंहको भनाई थियो ।
कोअर्डिनेटर सिंह भन्छन्ः हामीले न्यूनतम शुल्कमा सिन्धुली जिल्लामैं पहिलो पटक राजधानी काठमाडौका कलेजले दिने गरेको गुणस्तरिय शिक्षा पस्किरहेका छौं ।
बढ्दो महंगी, भड्किलो प्रचारवाजी र बसोवासका हिसावले पनि असहजता हुने काठमाडौंको भन्दा आफ्नै घरमा बसेर गुणस्तरिय पठन पाठन सिद्धबाबा कलेजमैं पाइने भएकाले पनि सबैलाई एक पटक आएर कलेजको भौतिक रुपमा अबलोकन गर्न आग्रह गर्दछु ।
पछिल्लो समय सिद्धबाबा प्लस टू म्यानेजमेण्ट सिन्धुलीका विद्यार्थीहरुको आर्कषणको केन्द्र बनेको देखिएको छ । आजको सन्देश जनप्रिय साप्ताहिकले यो समाचार प्रकाशन गरेको छ ।











