सिन्धुली/चर्को बैंक व्याज र लघुवित्त विरुद्ध आन्दोलनगर्न आहन गरेका दुर्गा प्रसाईको गतिविधीलाई मसिनो तरिकाले बुझ्न र उनीहरुको पक्षमा जिल्ला स्तरमा लाग्नेहरुलाई संझाई बुझाई गरी फर्काउनभन्दै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार गृह मन्त्रालयले लेखेको पत्रमा प्रसाईले थालेको मेची-महाकाली अभियानमा राजधानी काठमाडौ लगायत विभिन्न स्थानमा जाने मानिसहरुलाई कडाइका साथ रोक्न भनिएको छ ।
प्रसाईको आन्दोलनबाट अत्तालिएको सरकारले जिल्ला तहबाटै मानिसहरुलाई राजधानी प्रवेश रोक्न भनिएपनि उक्त कार्यमा स्थानीय प्रशासन असफल बनेको देखिएको छ । चर्को व्याज असुलेपछि लघुवित्तबाट कर्जा लिएका नागरिकले आत्म हत्याको बाटो रोज्न बाध्य बनेको र बैंकहरुले पनिचर्को व्याज असुलेकोले उनीहरुलाई जहाँ भेट्यो त्यहीकालोमोसो दल्न प्रसाईले अपील गरेकाथिए ।
स्मरणीय छः तत्कालिनमाओवादीको जनयुद्धका क्रममापनि गृह मन्त्रालयले आफ्नो मातहतकानिकायहरु जिल्लाप्रशासन, प्रहरी र राष्ट्रिय अनुसन्धानमार्फत सूचना संकलन र गतिविधीमाथि रोक लगाउने गरेको थियो ।
प्रसाइको उक्त अभियानपछि देशकाविभिन्नभागमातीवित्तिय संस्थामाकार्यरत प्रमुखव्यक्तिलाई कालोमोसो दल्नयुवा दस्तानैं सार्वजनिकगरिएको फोटोहरु सामाजिक सञ्जालमाभाइरल बनेको थियो ।
सिन्धुलीजिल्लामा रहेकाआधादर्जन लघुवित्त कम्पनीहरुले प्रवाह गरेको कर्जा र चर्को व्याज असुलीकै कारणले घर छोडेर हिंड्नेहरुको संख्या बढ्न थालेको छ ।










