मिसन ग्रासरुटः सिन्धुली एमालेका नेताहरुको कमजोरी खोतल्छन् त कार्यकर्ताहरुले


कम्युनिष्ट पार्टीमाआलोचना र आत्मालोचनालाई बैठकको प्रमुखएजेण्डा बनाइन्छ । बैठकमा बिगतकाजिम्मेवारीहरु (आर्थिकसहित) को समिक्षापनि हुन्छ र जारी बैठकको कार्यसूची यसैबाट प्रारंभ हुने गर्दछ । तर अहिलेको पार्टीहरुमाउल्लेखित कुराहरु कथा जस्तै बन्ने गरेकाछन् ।
अहिले एमाले आन्तरिक र बाहृयदुवै कारणले समस्यामा फसेको देखिंदैछ । पार्टीमा सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिक लगायतसमस्या छन् । एकातिर पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती बढेका छन् भने अर्काेतिर देशीविदेशीशक्तिहरुको घेराबन्दीले झन् समस्यामा परेको छ ।
नेताहरूबीचव्यक्तिगतमहत्वाकांक्षा र पदीयहानथाप बढ्दै जाँदात्यतिबेलादेखि नै पार्टीकानियमित बैठक, कार्यक्रम र छलफल भएनन् । कम्युनिस्ट क्रान्तिकारी स्पिरिट, ऊर्जा अनिनागरिकका समस्याको चिन्तन हराउँदै गयो । कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्तभयो । पार्टी नेतृत्व, कार्यकर्ता र आमनागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गयो । कार्यकर्ता लाखापाखाहुँदै गए । जसको भरणपोषण अद्यापिहुनसकेको छैन । यस्तो अबस्थामाजिल्लानेतृत्वसँगग्रासरुटका कार्यकर्ताले यसको उत्तर खोजीरहेकाछन् ।
पार्टीमा योगदान गरेकाअसली नेता–कार्यकर्ताहरू पछाडि पारिएका छन् । गुण्डा, डन, दलाल, कमिसनखोर र पूँजीपतिहरूको चंगुलमा पार्टी फसेको छ । तिनैको बोलवाला र स्वार्थअनुरूप पार्टीकागतिविधि सञ्चालनहुनलागेका छन् । माथिदेखि तलसम्मपूँजीवादीवाबुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादीआदर्श, चिन्तन र विचार भुत्ते भएको छ । हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता–कार्यकर्ताले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो प्रवृत्ति र अवस्थाको अन्त्यकहिले हुनेछ भनेर तल्लो तहकाकार्यकर्ताले नेतृत्वसँगप्रश्नगर्नै पर्ने भएको छ ।
सिन्धुलीएमालेकाथुप्रै नेताआफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलितभइरहेका छन् । तिनै नेताहरूकाव्यवहार र शैलीकाकारण आमकार्यकर्ता असन्तुष्ट बन्दै गएकोउदाहरण सिन्धुलीमा देख्न सकिन्छ । फलतः नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ ।

एमालेका धेरैजसो केन्द्रीय नेताहरू यतिबेलाआफ्नो निर्वाचन क्षेत्रमागएर ढुक्कले संगठन निर्माणमा गाउँ बस्नैसकेनन् । स्थानीयकार्यकर्ता र आमनागरिकहरू आफ्नो माथिल्लो नेताप्रति असन्तुष्ट छन् । आफ्नै नेताप्रतितमामगुनासा र विरोध छन् । सायद यहीवास्तविक परिस्थिति र सांगठनिक यथार्थलाई बुझेर पार्टीले यतिखेर नेताहरूलाई आफ्नो क्षेत्रभन्दा फरक–फरक क्षेत्रमा खटाएको छ तर यसले पनिसिन्धुलीएमालेमाझाङ्गिएको गुटगत समस्या समाधनहुने देखिंदैन ।
कतिपयआफ्नै कारण र कतिपयचौतर्फी घेराबन्दीकाकारण सिन्धुलीमातेस्रो दलकापुगिसक्दापनिएमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमाभने कुनै परिवर्तन देखिएको छैन । न त उनीहरुलाई सत्ताच्युतहुनुपरेकोमा पछुतो देखिन्छ, न त पार्टी र संगठन कमजोर भएकोमानैं । सिन्धुलीको पार्टी संगठनमा ठूलो क्षतिपुगेको भएपनिआफ्नो गुटगतदम्भ र कार्यशैली जस्ताको त्यस्तै छ । मिसनग्रासरुटमा कार्यकर्ताले बलियो सँग नेताहरुको कमीकमजोरी वारे निर्धक्कसँगआवाज उठाउनु पर्ने छ अन्यथाएमालेको यो अभियान तलबाट होइनमाथिनै बिग्रिएकाहरु बिरुद्ध सेन्ट्रलरुट अभियानथालनीगर्न जरुरी हुन सक्छ ।

  • कृष्ण गौतम