मनोजजंग थापाले भन्नुभयो: माओवादी केन्द्रका नेताहरुको झुठ जनतामा टिक्दैन

सिन्धुली/चुनावी घरदैलोमा रहनुभएका प्रतिनिधीसभासदस्य उमेदवार मनोजजंग मतपत्र च्यात्न चितवन जाने, बुथ कब्जा गर्न रोल्पा जाने, चुनाव हार्न काठमाडौ जाने र आत्मसर्पण गर्न जाने को हो ? भन्ने गाउँखाने कथा अहिले निकै चर्चामा रहेको बताउनु भएको छ ।
कमलामाई नगरपालिका ११ मा घरदैलो गर्ने क्रममा भेला भएका स्थानीयलाई सम्बोधनगर्दै थापाले सो कुरा बताउनुभएको हो । उहाँले अहिले देशैभरी चर्चामा रहेको मतपत्र च्यात्न चितवन जाने, बुथ कब्जा गर्न रोल्पा जाने, चुनाव हार्न काठमाडौ जाने र आत्मसर्पण गर्न जाने नेता प्रचण्ड रहेको बताउनुभयो । उहाँले सो कुरा बताइरहँदा उपस्थित जनसमुदायले परर्र ताली बजाएका थिए ।
उहाँले एमाओवादी नेतृत्वले लगातार राष्ट्रघात गरेकाले त्यस पार्टीका एक लाख भन्दा बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको उल्लेखगर्दै माओवादी केन्द्रका नेताहरुको झुट जनतासामु नटिक्ने ठोकुवा गर्नुभयो । उहाँहरुले विगतमा गरेको कर्मबाट नेपाली जनता आजित भएको र फेरीपनि सिन्धुलीका मतदातालाई डरधाक धम्की दिएर, जनताका बीचमा झुठा कुरा बताएर निर्वाचन जित्ने दिन समाप्त भइसकेको बताउनुभयो ।
यसले पनि के देखाउँदछ भने नेकपा एमाले र यसका उमेदवार सिन्धुलीमा स्थापित हुँदैछ भने गठबन्धन बिस्थापित बनिरहेको छ र उनीहरु जनताका बीचमा भ्रम छर्न लागिरहेको गाउँ गाउँबाट खबरहरु आइरहेकाछन्, एमाले उमेदवार थापाले भन्नुभयो ।
सिन्धुलीमा भएको एक साक्षात्कारमा माओवादीका उमेदवारले सिद्धेश्वर खानेपानी उपभोक्ता समितिलाई २५ करोड रुपैयाँ उपलव्ध गराएको भनेर गलत र झुट प्रचारवाजी गरेको बताउनुभयो । उहाँले सिद्धेश्वर खानेपानीमा ती नेताले २५ करोड रुपैयाँ उपलब्ध गराएको भए, सिन्धुलीमा खानेपानी समस्या समाधन हुने थियो । जनतालाई गलत कुरा गरेर झुक्याउन र भ्रम छर्ने काम गरेको उल्लेख गर्नुभयो । मैंले खानेपानीका अधिकारीहरु सँग बुझें तर त्यस्तो रकम आएकै छैन ।
कार्यक्रममा एमाओवादीका ८ जना स्थानीय कार्यकर्ताहरुलाई कार्यक्रमकी प्रमुख अतिथी केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा तर्फको समानुपातिक उमदेवार उमा कोइराला र थापाले अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
प्रदेशसभा सदस्य उमेदवार बिनोद खड्काले तत्कालिन एमाले सरकार, स्थानीय र प्रदेश सरकारका पालामा भएका विकासका योजनाहरु गठबन्धनका उमेदवारहरुले हामीले गर्यौं भन्दै हिंडेको कुरा सुन्दा अनौठो लागेको बताउनुभयो । कमलामाई नगरपालिकाले आफ्ना जनताको घरमा फुसको छाना हटाएर जस्ता लगाइ दिएको कुरालाई त मेरो पहलमा गरें भन्ने उमेदवारहरुले जनताको बीचमा कति भ्रम छरे भन्ने प्रश्न गर्नुभयो ।
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले मतदाताका बीचमा धेरैथरी आश्वासनका पोकाहरु बोकेर माओवादी र कांग्रेसका उमेदवार आएको बताउँदै जनतालाई झुट कुरा वोलेर झुक्याउन खोज्नेहरु मंसिर ४ गतेपछि समाप्तहुने ठोकुवा गर्नुभयो । प्रतिनिधीसभा सदस्य तर्फको समानुपातिक उमेदवार उमा कोइराला, कमलामाई नगरपालिकाका पूर्व मेयर खड्गवहादुर खत्री लगायतत निर्वाचनमा एमालेलाई बिजयी बनाउने उद्घोष गर्नुभएको थियो ।