जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समयमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुली एक सुचना जारी गर्दै चाडपर्वको समयमा पटका, आतिशवाजी जस्ता प्रज्जलनशील पदार्थ पटकाउने, किनवेच, ओसारपसार गर्ने, जुवातास र उच्छृङ्खल गतिविधि नगर्न नगराउन जिल्ला बासीमा अनुरोध गरेको छ ।
राति ९ बजे सम्म मात्रै देउसीभैलो खेली दिपावली तथा छठ पर्व सभ्य, शान्तिपुर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो । निर्वाचन नजिकिरहेका बेला रातभर देउसीभैलो खेल्दा शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै समयसीमा तोकिएको उहाँले बताउनुभयो ।
चाड पर्वको बेलामा कानुनले निषेध गरेका गरिएका कार्यहरु भएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।