शान्ति एजी चर्च स्थापना दिवसको अवसरमा १७ जनाले गरे रक्तदान

सिन्धुली १ भदौ शान्ति एजी चर्च कमलामाई नगरपालिका–६ रातमाटाले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा चर्चले आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको छन् । शान्ति एजी चर्चले प्रत्येक बर्षको भदौ एक गते आफ्नो स्थापना दिवसको दिन सिन्धुलीमाढीमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । शान्ति एजी चर्चका पास्टर भुवन कुमारी सुनुवारको अध्यक्षता तथा उदार एजी चर्च रौतहटका पास्टर दिपक राईको प्रमुख आतिथ्यतामा भएको रक्त दान कार्यक्रममा, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले प्राविधिक सेवा उपलब्ध गराइएको थियो । शान्ति एजी चर्चले विगतका वर्षहरुमा पनि स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरेको र आफ्नो अनाश्यक रुपमा रहेको रगतले अर्को कुनै मानिसको जीवन बाँच्ने भएकाले आफूहरुले रक्तदान गरेको भन्दै आगामी वर्षमा पनि स्थापना दिवसको दिन रक्तदान कार्यक्रमलाई निरन्तरता दिने आयोजक चर्चले बताए । कार्यक्रममा मानिसहरुको उल्लेख्य सहभागिता रहेको भन्दै शान्ति एजी चर्चको पास्टर भुवन कुमारी सुनुवारले रक्तदान कार्यक्रममा सहभगि सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।