फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन २०२४ सम्ममा जन्म दर्तालाई शत प्रतिशत पुर्याउने र व्यक्तिगत घटना दर्तामा उल्लेख्य रूपमा बृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेकाले फिक्कल गाउँपालिकाले पनि जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको जनाउनु भएको छ ।
नेपालको संविधानले प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्म दर्ताको हक प्रदान गरेको र सबै व्यक्तिगत घटनालाई दर्ता गर्ने सम्बन्धमा नीतिगत तथा कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । व्यक्तिगत घटना –जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराइ) दर्ता शिविर सञ्चालन गरि दर्ता प्रक्रियामा ल्याएको उपाध्यक्ष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार फिक्कल गाउँपालिकाको साझेदारीमा रिलिफ नेपाल सिन्धुलीको आयोजनामा साउन २९ गते देखी ३१ गते सम्म दर्ता शिविर ६ वटै वडामा सम्पन्न गरिएको छ ।
शिविर मार्फत जन्म दर्ता ९४, मृत्यु दर्ता ४, सम्बन्ध विच्छेद १, विवाह दर्ता १२ बसाई सराई जाने ३ वटा व्यक्तिगत घटना दर्ता भएको फिक्कल गाउँपालिकाले जनाएको छ । सञ्चालन गरिएको शिविरमा ११४ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
.jpg)