चिनियाँ सीमा क्षेत्रमा सैन्य अभ्यास गर्दै भारत र अमेरिका

hg} cfdlGqt ub}{ ;j{;fwf/0f sf7df8f}F, ;fpg #) -/f;;_M >fj0f z'Sn k"l0f{dfsf lbg cfh /IffaGwg, hg}k"l0f{dfsf cj;/df sf7df8f}Fsf] kz'kltgfy dlGb/ kl/;/df k'/f]lxtsf] xftaf6 hg} cfdlGqt ub}{ ;j{;fwf/0f . t:jL/ M /f]zg ;fksf]6f

अमेरिकी तल्लो संसद्की सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणलाई लिएर अमेरिका र चीनबीचमा तनाव भइरहेका बेला अमेरिकी र भारतीय सेनाले चीनको सीमा क्षेत्र नजिकै संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

दुई देशका सेनाबीच आगामी अक्टोबर १८ देखि ३१ सम्म भारतको उत्तराखण्डको चिनियाँ सीमानजिकै संयुक्त सैन्य अभ्यास हुन लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

१० हजार फिटको उचाइमा हुने संयुक्त सैन्य अभ्यास चिसो मौसम र उचाइलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको हो। संयुक्त सैन्य अभ्यास हुन लागेको उत्तराखण्डको औली भारत चीनको विवादित सीमा एलएसीबाट ९५ किलो मिटर टाढा रहेको जनाइएको छ। उक्त सैन्य अभ्यास दुई देश बीचको अठारौं युद्ध अभ्यास संस्करण हो।

भारतले यसअघि सन् २०१४, २०१६ र २०१८ मा पनि उत्तराखण्डमा अमेरिकासँग संयुक्त सैन्य अभ्यास गरिसकेको छ। भारत र चीनबीच सन २०२० मा सीमाक्षेत्रमा विवाद हुँदा दुवै मुलुकका सैनिकले ज्यान गुमाएका थिए। त्यसयता भारत र चीनबीचमा सीमा विवाद समाधानका लागि पटकपटक सैन्य तथा कूटनीतिक अधिकारीबीचमा वार्ता भए पनि सम्बन्ध सुधार हुन सकिरहेको छैन।

India-US Joint Military Exercise 'Yudh Abhyas 2016' Begins