अर्बौं अमेरिकी डलर लुकाउने इजरायलको सबै भन्दा ठूलो बैंकले अमेरिकी ट्रेजरीलाई करोडौं डलर तिर्नु भएको छ ।
बैंक हापोआलिम बीएमले आफ्नो स्विट्जरल्यान्डको सहयोगी बैंकसँग मिलेर ७.अर्ब ६० करोड अमेरिकी डलर बराबरको रकम करिब ५ हजार ५सय गुप्त खाता अन्तर्गत लुकाएको अभियोगमा जरिवाना तिर्न सहमति जनाएको छ ।
यो इजरेली बैंकले कर छली अन्तर्गत अमेरिकाको ट्रेजरीलाई बुझाउन सहमति जनाएको ८७ करोड ४० लाख अमेरिकी डलरको यो राशि सन् २००८यताकै दोस्रो ठूलो भएको अमेरिकाको न्याय विभागले जनाएको छ ।
विभागको मुख्य सहयोगी उप महान्यायाधिवक्ता रिचार्ड इ जुकरम्यानले बैंक हापोआलिमले कर छलीमा सघाएको अपराध स्वीकार गरेको र त्यस वापत जरिवाना तिर्न सहमति जनाइसकेको जनाएका छन् ।
यो कर छली अभियोगमा दुई पूर्व बोर्ड सदस्यसमेत बैंकका कम्तीमा चार बरिष्ठ कार्यकारीहरूको प्रत्यक्ष संलग्नता रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
यो विषयको संयुक्त अनुसन्धानमा अमेरिकाको न्याय विभाग, आन्तरिक राजस्व सेवाको अपराध विभाग र अमेरिकाको महान्यायाधिवक्ताहरू सहभागी रहेका थिए ।
यसका अतिरिक्त अमेरिकी सरकारले हापोअलिमलाई अर्को एक अभियोगमा जरिवाना तोकेको छ । अन्तर्राष्ट्रिय फुटबल संगठन फिफाको कारोबारसँग सम्पत्ति शुद्धिकरणको विषयमा करौडौं अमेरिकी डलर जरिवाना तोकेको छ ।
हापोआलिम बैंकको २५० जति बैंक शाखाहरूमा २५ लाख भन्दा बढी खाता सञ्चालन गरिरहेको छ । यसको सहयोगी जर्मनीको जुरिखमा रहेको स्विस बैंकका जेनेभा , लग्जम्बर्ग र सिंगापुर शाखाको मदतले सम्पत्ति लुकाउने काम गरेको अनुसन्धानमा देखिएको छ ।