सन्दर्भः ४४ औ स्मृति दिवश: पुष्पलालले किन श्रेष्ठ लेखेनन्

पुष्पलालले सिद्धान्त र संघर्ष, संगठनको कुरा उठाएका थिए । सिद्धान्त बिनाको संगठन हुँदैन , संगठन बिना संघर्ष हुँदैन भन्ने मान्यता लिएका थिए । तर आजका कम्युनिस्टहरु जात, धर्म, लैङ्गिक आधारमा पार्टी भित्रै बिभाजित छन् । सिद्धान्त छोडेर गुटको कुरा पढाउने , संगठनको नाममा फलानो दाई वा काकाको जय भन्ने र होटलमा समर्थकका केही थान भिड जम्मा पारेर गफ लाउने , संघर्षको नाममा गुट बचाउन लाग्ने , कार्य अहिले हावी छ ।
पार्टी सिध्याउन तल्लिनहरु, पार्टी बनाउने को हुन् ? जनताले नजिक बाट हेरेका छन् । आज भोलि हाम्रो पार्टी एमालेमा तीन खालका नेता तथा कार्यकर्ता देखा परेका छन् ।
१. पार्टीमा निरन्तर लागि नै रहने , सदैव पार्टीको चिन्ता गर्ने , पद प्रतिष्ठा नखोज्ने , लाभको पद आएपनि अरु साथिहरुको नाम सिफारिस गर्ने ,कमिटीमा दिएको जिम्मेवारी पुरा गर्ने , सांगठनिक काममा कुदिनैं रहने, पार्टीको कुरा कसैले काट्यो भने सैद्धान्तिक बहसको लागी सदैब तम्तयार रहने, पार्टीका साथीहरूलाई कसैले भौतिक कष्ट दिने प्रयत्न गरेमा विपक्षी माथी झम्टी हाल्ने कार्यकर्ता यसमा पर्दछन् ।
(२.) पार्टीमा आएका जम्मै अबसर आफैलाई चाहिन्छ भन्ने , पद देखेपछि मै मात्रै खाउँ भन्ने, जे अबसर पाएपनि न छोड्ने , बिना पद बस्नै नसक्ने, पद नपाए नेतालाई तथानाम गाली गर्ने, पदकै लागि रुने, कराउने, चिच्याउने, अरुका विरुद्ध खुलेआम तथानाम बोल्दै हिड्ने, आफुले पाए ठिक अरुले पाए बेठिक भन्ने, नेताको वरिपरि घुम्ने, काममा भन्दा नेता लाई नैं खुसी पारेर नेताकै कोटको खल्तीबाट अबसर पाइन्छ भन्ने सोच भएका ,स्वतन्त्र अभिमत तान्न नसक्ने , जनताका हरेक काममा प्रभाबकारी रुपमा जोडिन नसक्ने लेभलका कार्यकर्ता यसमा पर्दछन् ।
(३.) पार्टीमा लागे लागे जस्तो गर्ने, तर फाइदा र अबसरकालागि सबै पार्टीको सदस्यता गोजिमा राख्ने , पार्टीमा लागेको जस्तो पनि गर्ने , अबसर आउदा कुनै हालतमा नछाड्ने, पैसाको बलमा राजनीतिक नेतृत्वलाई आफ्नो बसमा राख्ने, प्रभावित बनाउन खोज्ने, राजनीति भनेकै प्रचारप्रसार हो भन्ने ठानेर आफ्ना आसेपासेहरु राखेर भर मग्दुर प्रचारमा आइ रहने, पार्टीले जनताको पक्षमा कुनै निर्णय गर्न खोजे रोक्न प्रयत्न गर्ने वा बिचौलिया प्रबृत्ति, पार्टीको नाममा जागिर खाने वा आफ्नो घरपरिबार नातागोता सबैलाई अबसर लिने, अनि पार्टीले के गर्छ ? के दियो ? भनेर ललनी गाउँनेनैं राजनीति हो भन्ने ठान्ने अर्काथरी कार्यकर्ता रहेका छन् ।
एक नम्बरका कार्यकर्ता बढाउने र दुई र तीन नम्बरका कार्यकर्तालाई पार्टी भित्र दुरुत्साहन गर्ने खालका योजना बनाउन जरुरी छ । पुष्पलाल स्मृति दिवसका अबसरमा पार्टी नेतृत्वलाई सत्मार्गमा लैजाने प्रेरणा प्राप्त होस् । अन्त्यमा कमरेड पुष्पलाल भन्नुहुन्थ्योः कम्युनिष्ट पार्टी, नेता प्रधान होइन, नीति प्रधान हुनुपर्छ ।

खड्गवहादुर खत्री
नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य