बढ्दो बेरुजु कमगर्न र शुसासन कायम राख्न अनाबश्यक कर्मचारी कटौटी गर्न गोलन्जोरलाई महालेखाको सुझाब, सिन्धुलीमा वार्ता जारी

सिन्धुली/गाउँपालिकाले कार्यसम्पादनमा कमजोर मानिएका २२ कर्मचारीहरुको म्याद नथपेपछि त्यसैलाई आधार बनाएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले दैनिकजसो कार्यालयमा घेराउ गरिरहेका बेला महालेखा परिक्षकको कार्यालयमा कर्मचारी कटौती गर्न सुझाब दिएको छ ।
महालेखाको प्रतिवेदनले गाउँपालिकामा बढ्दो बेरुजुलाई कमगर्न र शुसासन कायाम राख्न अनाबश्यक कर्मचारी कटौटी गर्न सुझाब दिएको छ । गोलन्जोर गाउँपालिकामामा अघिल्लो आर्थिक वर्षको अवधीको मात्रै बेरुजु रकमको डरलाग्दो बिबरण सार्वजनिक भएको हो । प्रतिवेदनका अनुसार ७९ लाख १४ हजार बेरुजु रकम रहेको देखिएको हो ।
पालिकाले आयोगको प्रतिवेदनलाई कार्यान्वयन गराउन भन्दै २०७८ पुस यता नियुक्त गरेका र कार्यसम्पादन मूल्यांकनमा कमजोर करार कर्मचारीलाई साउन १ गतेदेखि करार अबधी थप नगरिएको सुचना सार्बजनिक गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले ती कर्मचारीको म्याद थपिनुपर्ने माग राख्दै पालिका कार्यालयमा ताला लगाउने र घेराउगर्ने क्रम जारी राखेपछि सेवाग्राहीहरु प्रभावित हुन थालेकाछन् ।

नेपाली कांग्रेस पालिका सभापती मोतिराज सापकोटाले पालिकाले राजनीतिक पुर्बाग्रह राखेर हटाइएका कर्मचारी बहाली गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको दाबी गरेकाछन् । तर उनले म्यादन नथपिएका सबै कर्मचारी कार्यसम्पादन मूल्यांकनमा अब्बलछन् भन्ने बारे केही बताएका छैनन् ।
गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले पालिकाले धान्नै नसक्नेगरी राजनैतिक भर्ति केन्द्रका रुपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी करारमा भर्ना गरेकाले पुस ३० गतेपछि नियुक्त भएका केही कर्मचारीको करार अवधि साउन १ गतेबाट नथपिएको बताए । महालेखाको प्रतिवेदन र कार्यसम्पादन मूल्यांकनका आधारमा चुनावलाई लक्षित गरेर भर्ना गरिएका कर्मचारीहरुलाई तलब खुवाउन सक्ने अबस्था नरहेकाले म्याद नथपिएको उल्लेख गर्नुभयो । उहाँले अगाडि भन्नुभयोः गाउँपालिकामा कर्मचारीकै लागि लाखौंलाख रुपैयाँ अपुग भएको विगतको अनुभवबाट पाठ सिक्दै जनताको बिकास निर्माणको चाहनामा कुठाराघात गर्न नहुने बताउनुभयो ।
उहाँले गाउँपालिकामा पहिलादेखिनैं करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकहरुको हकमा पनि उनीहरुलाई व्यवस्थापन गर्न कार्यदल बनाइएको र कार्यदलले मूल्यांकन गरेर प्रतिवेदन बनाउने र सोही अनुसार करारका कर्मचारीहरुको व्यवस्थापन गरिने अध्यक्ष बरालले उल्लेख गर्नुभयो । गाउँपालिकामा शिक्षक र कर्मचारी गरी कुल १५० बढी जना करारका कर्मचारी रहेको अभिलेखबाट खुलेको छ ।
एकसातादेखी कार्यालयको काममा अबरोध गर्दै ताला लगाउन खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । सेवा ग्राहीलाई सउवा प्रवाहमा अबरोध सिर्जना गरेपछि उक्त अबरोध हटाउने क्रममा प्रदर्शनकारी र प्रहरीबिच हिजो सामान्य झडप भएको छ ।
गाउँपालिका उपाध्यक्षको दबाबमा प्रशासनले राजनैतिक पुर्वाग्रह राखी चालिएका गलत कदम र निणर्यका बिरुद्ध सच्चिन्न माग राख्दै कांग्रस कार्यकर्ताहरुले कार्यालय प्रवेशद्वारमा ताला लगाउन खोज्दा प्रहरीले बल प्रयोग गरेको हो ।
सामान्य झडपमा कार्यापालिका सदस्य राजकुमार माझीको औंला च्यापिएको थियो भने उनलाई प्राथमिक उपचार गरिएको थाहा लागेको छ ।
स्मरणीय छः गोलन्जोर गाउँपालिका -२ का वडाअध्यक्ष दौलत कार्कीको वडामा कार्यरत कुनै पनि कर्मचारीहरुलाई भने हटाइएको छैन । यसैबीच गोलन्जोरको कर्मचारीको म्याद नथपिएको विषयलाई लिएर केही समय अगाडिबाट सिन्धुलीमा वार्ता भएको छ । दुई दल नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल र एमाले अध्यक्ष रामकुमार कार्की बीचमा वार्ता जारी रहेको सहभागी एक कांग्रेस नेताले सन्देश जनप्रिय साप्ताहिकलाई बताए ।