देउवापत्नी डा. आरजु र प्रचण्डलाई आधा-आधा कार्यकाल प्रधानमन्त्री बनाइ दिने भारतको प्रलोभनपछि भारत भ्रमणमा गएको खुलासा

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ रणनीतिको बिषयमा सूचना लिन भारतले बोलाएको तथ्य उजागर भएको छ ।

चिनियाँ नेतासँगको भेटपछि नै भारतले प्रचण्डलाई दिल्ली बोलाएको र त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजुराणा देउवालाई बोलाएको दिल्लीस्थित उच्च सरकारी अधिकारीहरुले खुलाएका हुन ।

दिल्लीस्थित उच्च भारतीय एक अधिकारीका अनुसार लिउसँग भएको संवादपछि नै प्रचण्डलाई आकस्मिक रुपमा दिल्ली बोलाइएको हो । भारतले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राखेर चुनाव जिताउने र देउवापत्नी डा. आरजु र प्रचण्डलाई आधाआधा कार्यकाल प्रधानमन्त्री बनाइ दिने प्रलोभन दिएर प्रचण्डलाई चीनको सूचना लिन बोलाएको स्रोतको दावी छ ।

भारत भ्रमणको टुंगो लागेको चिनियाँ बिदेश बिभाग प्रमुख लिउ जियान्चाओसँग भएको कुराकानीका आधारमा सूचना लिन भारतले प्रचण्डलाई बोलाएको तथ्य खुलेको हो । एमाले केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले आज यही कुराको खुलासा गर्दै लज्जा शरणम भन्नुभएको छ ।

एउटा लज्जास्पद दृष्य भन्दै रिजालले लेख्नुभएको छ,’ प्रधानमन्त्रीपत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बॉडफॉटको भद्दा झल्को दिन्छ । २०७३ मा केपी ओलीलाई अपदस्थ गर्नुअघि शेरबहादुर देउवा र कृष्णबहादुर महराबीच पनि दिल्लीमै ‘भेटघाट’ भएको थियो । सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बॉडफॉटको अन्तिम टुंगो लगाउने र हालै काठमाडौंमा भएका वार्ताहरूको विवरण बुझाउने उद्देश्य सफल हुँदा प्रचण्ड(देउवाहरू त खुसी होलान् । तर, यस्ता कुरुप दृश्यले प्रत्येक स्वाभिमानी नेपालीको शीर निहुरिएको छ ।’