कोरोना कहरमा अन्तरार्ष्ट्रिय मजदुर दिवश


टोमप्रसाद काफ्ले:
आज १३१ औं अन्तरार्ष्ट्रिय श्रमिक र मजदुर दिवस। सारा विश्व कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारीबाट आक्रान्त छ। सम्पूर्ण विश्व बन्दाबन्दीरलकडाउनमा बस्न वाध्य छ। दिनभरि काम गरेर आफ्नो बिहान बेलुकाको छाक टार्न सँघर्ष गरिरहेका सारा विश्वभरीका श्रमिकहरू लगायत लाखौं श्रमजीवी जनताहरु यसको सङ्क्रमणबाट प्रताडित भएका छन् , लाखौंलाख जनताहरु आकस्मिक र अकाल मृत्यु वरण गर्न विवस हुनुभएको छ । करोडौं श्रमिक जनताहरूको रोजगारी खोसिएको छ । जनताहरूलाई गांस बासको चरम अभाव सिर्जना भएको छ । नेपालका पनि लाखौंलाख श्रमिक वर्गहरू घर पुग्न नसकेर अलपत्र पर्नुभएको छ र विभिन्न प्रकारको अभाव अनि समस्याबाट पिडित हुनुभएको छ।

No photo description available.

विश्वव्यापी रुपमा फैलिएको यो महामारी लगायत अन्य कारणले मृत्युवरण गर्न विवस श्रमिकहरू प्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछु । विभिन्न तरिका र विधिबाट उपचाररत सम्पूर्ण गरिखाने वर्ग लगायत सबैको शीघ्र स्वास्थ लाभको कामना गर्दछु ।
यसै सन्दर्भमा खुसी,उमङ्ग र हर्षोल्लासपूर्वक व्यापक श्रमिकहरुको सहभागितामा मनाउनुपर्ने १३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको पुनित अवसरमा सँसारलाई आक्रान्त बनाइरहेको कोभिड १९ को महामारीको कारण बन्दाबन्दीमा घरमै बस्नुपरेको यो विषम परिस्थितिबाट गुज्रिनु परिरहेको अवस्था छिटोभन्दा छिटो अन्त भै जनजीवन सामान्य र सहज वनोस , श्रमजीविहरूको रोजगारीको अवसर र निरन्तरताको वातावरण सहज र सामान्य वनोस ,भोक, रोग र अभावले ज्यान गुमाउनु पर्ने अवस्था कुनै पनि तरिकाबाट कोही पनि श्रमिकहरुलाई नआओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

No photo description available.