गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तीनपाटन पालिकाभर गठबन्धनसहित उम्मेदवारी दिएर जाने निर्णय भएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्र बीचको आजको सहमतिपछि एमाओवादीको एउटा समूह असन्तुष्ट बनेको थाहा लागेको छ । एमाओवादीको एउटा समूह एमालेसँगै मिलेर निर्वाचनमा जानु पर्ने पक्षमा छ ।