एमालेले मात्रै देश र जनताको नेतृत्व गर्न सक्छ भन्दै कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश

स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा अन्य दल परित्यागगरी एमालेमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती सार्की बिनासर्त एमालेमा प्रवेश गरेकी हुन् ।

नेकपा (एमाले) जिल्ला कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सोमतीलाई जिल्ला अध्यक्ष कुमारबहादुर कार्की र पूर्व अध्यक्ष प्रदीप कटुवालले अविर तथा खादा दगाएर पार्टीमा प्रवेश गराएका थिए। प्रवेश पछि सोमतीले नेपाली कांग्रेसमा व्यक्तिवादी चरित्र हावी भएको र कांग्रेसकै नेतृत्वमा सदनबाट जबरजस्ती रुपमा एमसीसी पास गरिएको भन्दै कांग्रेस परित्याग गरेको बताइन् । उनले देश बनाउने र गरिव तथा निमुखा जनतको रक्षा गर्ने एक मात्र पार्टी नेकपा एमाले भएकाले कांग्रेस परित्याग गर्नु परेको उल्लेख गरिन् । सोमतीलाई पार्टी प्रवेश गराउने क्रममा एमालेका बरिष्ठ नेता केशव देवकोटा, एमाले उपसचिव मञ्जु देवकोटा र रस्मिला देवकोटा, एमाले नगरकमिटी इन्चार्ज हरि अधिकारी, अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु देवराज वाइवा, द्धारिका काफ्ले, बिमला पाण्डे र अरुण पाख्रिनको सहभागिता रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रमलाई पार्टीका तर्फबाट सम्वोधनगर्दै नगर अध्यक्ष महेन्द्रदेव श्रेष्ठले एमाले प्रतिको आर्षकण बढिरहेको र आमा जनताले एमालेले मात्रै देश र जनताको नेतृत्व गर्न सक्छ भन्ने बुझेको बताउँदै नेपाली कांग्रेसका अन्य नेता कार्यकर्ताहरुलाई पनि पार्टीबाट बिद्रोह गर्न अपील गर्नुभयो । कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सदस्य सागर कार्कीले गरेका थिए ।

फोटो फिचर

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.