सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।
नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप विकास तालिमको समापनका अबसरमा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । गएको पुस १९ गते बाट संचालित ४५ दिने ढाका वुनाई सिप विकास तालिमको आज औपचारिक रुपमा समापन भएको हो । सहभागीहरुलाई सिप विकासको प्रमाणपत्र प्रदानगर्दै नगरप्रमुख खत्रीले सिकेको शिपलाई व्यवहारमा प्रयोग गरेमात्र सिप सिकाइले सार्थकता पाउने बताउनुभयो । कार्यक्रममा नगरउपप्रमुख मञ्जु देवकोटाले नगरपालिकाले सञ्चालन गरिरहेको लघु उद्यम कार्यक्रमबाट थुप्रै महिलाहरुले शिप सिकेर आत्मनिर्भर बनेको बताउँदै शिकेको ज्ञा शिपलाई व्यहारमा प्रयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
कमलामाई नगरपालिकाका प्रवक्ता एंव वडा नं ७ का वडा अध्यक्ष कर्ण घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा ९ जना महिलाहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई वेन कुमारी वस्नेतले प्रशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा उद्योग तथा व्यवसाय प्रवद्र्धन विकास शाखाका शाखा प्रमुख शुशिल कुमार वर्मा लगायत उधम विकास सहजकर्ताहरुको उपस्थितिमा कार्यक्रम समापन भएको थियो ।