भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची

प्रतिनिधिसभाको बिहिबार (भोलि) बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ । 

बुधबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ । 

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्दै छ । त्यसअघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।  गत आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरिएको थियो ।