साफ यू-१९ महिला च्याम्पियनसिप
बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराउँदै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
३ खेलबाट ७ अंक जोडेको नेपालले समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पारेको हो। भारतको तीन खेलबाट ६ अंक रहेको छ। शुक्रबार भएको पहिलो खेलमा बंगलादेशले भारतलाई १-० गोलले हराएको थियो।
पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो। नेपालले अन्तिम खेल अब भारतसँग आइतबार खेल्ने छ।
पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। भारतसँग बराबरी खेले मात्र पनि नेपाल फाइनल पुग्ने छ।










