एमाले नेता थापालाई बुद्धिजिवी परिषदको इन्जार्च तोकियो

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बौद्धिक नेता मनोजजंग थापालाई दोस्रो पूर्ण बैठकले नेपाल बुद्धिजिवी परिषदको इन्जार्च तोकेको छ । विश्व कम्युनिष्ट आन्दोलन र नेपालको वर्गीय राजनीतिलाई राम्ररी बुझेका थापा एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । त्यसैगरी बैठकले अर्की केन्द्रीय सदस्य एवम् शहिद पत्नी निरु दर्लामी शिलालाई नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको सह इन्चार्ज तोकेको छ । नेता थापा र दर्लामी दुबै सिन्धुलीका नेता हुन् ।