फुटबलर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले बुधबार आफ्नो स्वास्थ्यको रक्षाका लागि सन्यासको निर्णय गरेको बताएका हुन् ।
सन्यासको अति कठिन वास्तविकता स्वीकार गरेको र यसको कारण आफ्नो स्वास्थ्य रहेको उनले उल्लेख गरेका छन् । ३३ वर्षका अग्युरो बुधबार सन्यासको घोषणा गर्दै गर्दा रोएका थिए ।
उनी ६ महिना पहिले स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका थिए । त्यसअघि उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा थिए । गएको अक्टोबर ३० मा एलाभेसँगको १–१ को बराबरीको खेलको क्रममा छाती दुखेपछि अग्युरोलाई अस्पताल लगिएको थियो ।
अग्युरोले भनेका छन्, ‘यो निर्णय मैले स्वास्थयका लागि लिएको हुँ ।’ अग्युरोले ७८६ खेलमा ४२७ गोल गरेर खेल जीवन अन्त्यको घोषणा गरेका हुन् ।










